ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अक्सिजन नपाएर पोखरामा सुत्केरीसहित ७ जना कोरोना संक्रमितको मृत्यु


एबीसी / संवाददाता
१४ जेष्ठ २०७८, शुक्रबार   ९ : ४३   बजे

पोखरा १४ जेठ । पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा शनिबार अप्रेसन गरेर सुत्केरी भएकी एक महिला, १ जना डायलोसिस गरिरहेका विरामी, १ जना कलेजोमा समस्या आएका र १ जना डायबिटिजको जटिलता भएका बिरामी रहेका छन् भने अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्यामात्र रहेको अस्पतालले जनाएको छ।

मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १, १ जना रहेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार दिउँसो ४ बजेदेखि अक्सिजनको अभाव हुन थालेको थियो। अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालले अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बताए।

हाम्रो मागभन्दा कम अक्सिजन उत्पादन भएछ, उद्योगमा हिजो केहीबेर लाइन गएछ’, उनले भने, त्यही भएर हामीले माग गरे जति अक्सिजन पाइएन।’उनका अनुसार अस्पतालमा अझै पनि अक्सिजनको अभाव भइरहेको छ।

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आफ्नै अक्सिजिन प्लान्ट छैन। अस्पतालले पोखरा अक्सिजन ग्यास उद्योगबाट अक्सिजन खपत गर्छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यस अस्पताललाई सरकारले कोरोना विशेष अस्पाल तोकेको छ। अस्पतालमा अहिले दैनिक ३७० सिलिन्डर अक्सिजन आवश्यक भएको डा। बरालले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

सम्बन्धित

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu