ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोखरामा सुत्केरीसहित ७ जना कोरोना संक्रमितको अक्सिजन नपाएर मृत्यु


एबीसी / संवाददाता
१४ जेष्ठ २०७८, शुक्रबार   ९ : ४८   बजे

काठमाडौं, १४ जेठ ।  पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा अक्सिजन नपाएर ७ जना कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान गुमाउनेहरूमा शनिबार अप्रेसन गरेर सुत्केरी भएकी एक महिला, १ जना डायलोसिस गरिरहेका, १ जना कलेजोमा समस्या आएका र १ जना डायबिटिजको जटिलता भएका बिरामी रहेका छन् भने अन्य संक्रमितमा सामान्य स्वास्थ्य समस्यामात्र रहेको अस्पतालले जनाएको छ।

मृत्यु हुनेमा तनहुँका ३ जना, पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १/१ जना रहेको अस्पतालमा कोरोना संक्रमितको उपचारमा खटिएका डाक्टर शरदचन्द्र बरालले बताउनुभयो । उहाँका अनुसार हाइफ्लोमा अक्सिजन दिनुपर्ने बिरामीलाई ५ मिनेटमात्रै अक्सिजनको मात्रा कम हुँदा बिरामीलाई संकट पर्छ। हाइफ्लोमा अक्सिजन दिँदा बिरामीलाई प्रतिमिनेट ६० देखि ८० लिटर अक्सिजन खपत हुने चिकित्सकहरु बताउछन् । गएराति मृत्यु भएका यी ७ जना अक्सिजनको अभावले मात्रै भन्न नमिल्ने डा. बरालले दावी गर्नुभयो । ‘हामीले अक्सिजन दिएका थियौं, अक्सिजन अभाव भएपछि बिरामीका आफन्तले पनि खोजेर ल्याउनुभएको थियो’, उहाँले भन्नुभयो , ‘अक्सिजन नपाएर मात्रै मृत्यु भएको भन्नेचाहिँ होइन।’ यता, बिरामीका कुरुवाले भने अक्सिजन नपाएरै आफ्ना बिरामीको ज्यान गएको बताएका छन्।

गएराति बिरामीले अक्सिजन २०/२५ मिनेट पाउने र त्यसपछि आधा घन्टासम्म नपाउने अवस्था भएको एक कुरुवाले बताए। अक्सिजन नलगाई बाँच्‍न नसक्ने बिरामीको मृत्यु भएको उनको भनाइ छ। अस्पताल प्रशासनले अक्सिजनको अभावका कारण मृत्यु भएको भनेर बाहिर नभन्न डाक्टरसहित अस्पताल कर्मचारीलाई निर्देशन दिएको अस्पताल स्रोतले जनाएको छ । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बिहीबार दिउँसो ४ बजेदेखि अक्सिजनको अभाव हुन थालेको थियो। अस्पतालका अक्सिजन फोकल पर्सन बिमल बरालले अक्सिजन उद्योगबाट उत्पादन कम भएका कारण पर्याप्त अक्सिजन नपाएको बताउनुभयो । ‘हाम्रो मागभन्दा कम अक्सिजन उत्पादन भएछ, उद्योगमा हिजो केहीबेर लाइन गएछ’, उहाँले भन्नुभयो , ‘त्यही भएर हामीले माग गरे जति अक्सिजन पाइएन।’

गण्डकी प्रदेशकै सबैभन्दा ठूलो सरकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आफ्नै अक्सिजिन प्लान्ट छैन। अस्पतालले पोखरा अक्सिजन ग्यास उद्योगबाट अक्सिजन खपत गर्छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत यस अस्पताललाई सरकारले कोरोना विशेष अस्पाल तोकेको छ। अस्पतालमा अहिले दैनिक ३७० सिलिन्डर अक्सिजन आवश्यक पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

सम्बन्धित

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group