ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिग : युरोपियन च्याम्पियन बन्ने दौडमा सिटी र चेल्सी


एबीसी / संवाददाता
१४ जेष्ठ २०७८, शुक्रबार   १० : ०७   बजे

काठमाडौं, १४ जेठ ।    युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनल खेल शनिबार राति हुँदै छ । शनिबार नेपाली समयानुसार राति १२ः४५ बजे इङ्ग्लिस क्लबद्वय म्यानचेस्टर सिटी र चेल्सीले उपाधिका प्रतिस्पर्धा गर्दै छन् ।

पोर्चुगलको पोर्टोमा हुने फाइनल खेलमा चेल्सी र सिटी युरोपियन च्याम्पियन बन्ने दौडमा छन् । यसअघि सिटीले सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन ९पिएसजी०लाई हराउँदै फाइनलमा स्थान पक्का गरेको हो भने चेल्सीले स्पेनिस क्लब रियल मड्रिडलाई स्तब्ध बनाउँदै उपाधि नजिक स्थान बनाएको हो ।

सिटी पहिलो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने दौडमा छ भने चेल्सी दोस्रो पटक युरोपियन च्याम्पियन बन्ने दाउमा छ । चेल्सीले यसअघि २०१२ मा उपाधि जितेको थियो । सन् २००८ मा भने ऊ उपाधिबाट बिमुख भएको थियो ।

पछिल्ला दुई भिडन्तमा सिटीविरुद्ध चेल्सीले जित निकालेको छ । थोमस टुचेलको नेतृत्वमा चेल्सीले दुवै खेलमा सिटीमाथि जित दर्ता गरेको हो । यस्तै चेल्सीले सन् २००५ देखि २००९ को बीचमा चेल्सीले सिटीमाथि लगातार तीन खेलमा जित निकालेको थियो ।

युरापियन प्रतिस्पर्धामा भने सिटी र चेल्सीले एक पटक मात्र प्रतिस्पर्धा गरेका छन् । सन् १९७०–७१ मा चेल्सीले दुवै लेगको खेल जितेको थियो । त्यसपछि चेल्सीले रियललाई जित्दै कप विनर्सको उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group