ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या १७ करोड नाघ्यो


एबीसी / संवाददाता
१५ जेष्ठ २०७८, शनिबार   ९ : ४६   बजे

काठमाडौं, १५ जेठ ।   विश्वमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आज (शनिबार) बिहानसम्ममा १७ करोड नाघेको छ ।एकै दिन चार लाख ८९ हजार पाँच सय ४८ जना नयाँ बिरामी थपिएपछि सङ्क्रमित सङ्ख्या १७ करोडबाट उकालो लागेको हो । जम्मा सङ्क्रमित १७ करोड एक लाख छ हजार पाँच सय २४ पुगेका छन् ।विश्वमा केही दिनयता दैनिक थपिने नयाँ बिरामीको सङ्ख्यामा कमी आएको छ । यसअघि एकै दिन सात लाखभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या भने १० हजारभन्दा कम हुन सकिरहेको छैन ।

विश्वमा सङ्क्रमण पुष्टि भएकामध्ये १५ करोड २० लाख ८८ हजार सात सय एक जना उपचारपछि निको भएका छन् । एक करोड ४४ लाख ८१ हजार ७२ जनाको उपचार जारी रहेकोमा ९३ हजार चार सय ५१ जनाको अवस्था चिन्ताजनक छ ।विश्वमा पछिल्लो २४ घण्टाभित्र ११ हजार पाँच सय ६६ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण विश्वमा ३५ लाख ३६ हजार सात सय ५१ जनाको मृत्यु भइसकेको छ ।

सङ्क्रमित सङ्ख्याको हिसाबमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा एकै दिन २१ हजार आठ सय १५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या तीन करोड ४० लाख २१ हजार छ सय ५९ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ७७ लाख ६५ हजार तीन सय ७५ जना उपचारपछि कोरोनामुक्त बनेका छन् । ५६ लाख ४७ हजार तीन सय ५२ जनाको उपचार जारी रहेकोमा छ हजार पाँच सय १२ जनाको अवस्था गम्भीर छ ।पछिल्लो २४ घण्टामा पाँच सय ९७ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म अमेरिकामा कोरोनाका कारण छ लाख आठ हजार नौ सय ३२ जनाको मृत्यु भइसकेको छ ।छिमेकी मुलुक भारतमा एकै दिन एक लाख ७१ हजार सात सय २६ जना नयाँ बिरामी थपिए । यो सङ्ख्या अन्य मुलुकमा देखिएका सङ्क्रमितको भन्दा धेरै हो ।

भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ७७ लाख १९ हजार चार सय ३१ पुगेको छ । दुई करोड ५१ लाख ७० हजार नौ सय ५२ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

२२ लाख २६ हजार ९५ जनाको उपचार भइरहेको छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।२४ घण्टाभित्र भारतमा तीन हजार पाँच सय ६३ जना सङ्क्रमितको मृत्यु भयो । यो सङ्ख्या विश्वका अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।

भारतमा कोरोनाका कारण हालसम्म तीन लाख २२ हजार तीन सय ८४ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।ब्राजिलमा एकै दिन ५० हजार चार सय ९५ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६३ लाख ९२ हजार छ सय ५७ पुगेको छ ।सङ्क्रमितमध्ये एक करोड ४८ लाख ११ हजार दुई सय ६६ जना उपचारपछि निको भएका छन् । ११ लाख २२ हजार दुई सय २० जनाको उपचार जारी छ ।उपचाररतमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ । ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र दुई हजार चार सय १८ जनाको कोरोनाका कारण मृत्यु भयो ।

हालसम्म मृत्यु हुने सङ्क्रमितको सङ्ख्या चार लाख ५९ हजार एक सय ७१ पुगेको छ । ब्राजिल कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group