काठमाडौं, १५ जेठ । अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कोरोना महामारीको बीचमा पनि नेपालको अर्थतन्त्र राम्रो भएको दाबी गर्नुभएको छ । बजेट भाषण गर्दै अर्थ मन्त्री पौडेलले आर्थिक वृद्धिदरमा केहि समस्या रहे पनि अर्थतन्त्रका सूचक भने राम्रो रहेको दाबी गर्नुभयो ।मूल्यवृद्धि, सरकारी खर्च, वैदेशिक सहायता, पुँजीबजार लगायतका सूचक सकारात्मक रहेको पौडेलको भनाइ छ । निर्यात बढेको, वैदेशिक मुद्राको सञ्चिती राम्रो रहेको लगायतका विषय अर्थ मन्त्रीले बताउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्