काठमाडौं, १५ जेठ । सरकारले कोरोनाका कारण लागाइएको निषेधाज्ञा अवधिमा विद्युत् महसुल छुटको योजना ल्याएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै यस्तो योजना रहेको जानकारी दिनुभयो । निषेधाज्ञा अवधिभर घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको छु, अर्थमन्त्री पौडेलले बताउनुभयो । त्यस्तै, साझेदारी, सहलगानी तथा सबै प्रकारका खानेपानी तथा सिचाँइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गरिएको पनि उहाँले बताउनुभयो ।
यस्ता छन् छुट तथा सहुलियत कार्यक्रम:
- २० हजार लिटर खानेपानीको महशुल छुट
- सरकारी स्वामित्वका खाद्य व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत् अत्यावश्यक वस्तुमा २० प्रतिशत छुट
- खानेपानी तथा सिंचाइ उपभोक्ता समितिलाई बिजुलीको डिमान्ड शुल्कमा छुट
- निषेधाज्ञा अवधिमा ग्रास्थ बिजुली उपभोक्तालाई महशुलमा छुट
- होटलाई पनि उद्योग सरह मान्यता दिएर छुट तथा सुविधा
- होटलले आइसोलेस सेन्टर सञ्चालन गरेमा सरकारले रकम दिने
- कृषि उपज ढुवानी भाडामा २५ प्रतिशत अनुदान
- विश्वविद्यालय तहका विद्यार्थीलाई ल्यापटम किन्न १ प्रतिशत ब्याजदरमा ८० हजारसम्मको ऋण
- सामाजिक सुरक्षा कोषमा योगदान गरिरहेका श्रमिकलाई जेठ र असारमा सरकारले योगदान जम्मा गर्ने
- व्यवसाय निरन्तरता कर्जा निरन्तर हुने
- सरकारी सम्पत्ति भाडा लिएर व्यवसाय गर्नेलाई निषेधाज्ञा अवधिमा पचास प्रतिशत भाडा छुट
- पुर्नकर्जा अझै विस्तार हुने
- सहुलियत कर्जा पनि निरन्तर हुने
- सरकारी कर्मचारीलाई १० दिनको भ्रमण काज
- १ अर्बको च्यालेञ्ज फण्ड
प्रतिक्रिया दिनुहोस्