काठमाडौं, १५ जेठ । आउँदो आर्थिक वर्षका लागि सरकारले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका लागि एक खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस वर्ष मन्त्रालयलाई बजेट बढाइएको अर्थ मन्त्री विष्णु पौडेलले बजेट भाषणमा जानकारी दिनुभयो । सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड विनियोजन गरेको र कोरोना खोपका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थ मन्त्री पौडेलले जानकारी दिनुभयो ।
यस्तै सरकारले सबै पालिकामा स्वास्थ बीमा कार्यक्रम सञ्चालन गर्न सात अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बालुवाटारमा अर्थ मन्त्री विष्णु पौडेलले आउँदो आर्थिक वर्षका लागि बजेट भाषण गरिरहनुभएको छ । चौतर्फी विरोध भइरहे पनि सरकारले आज अध्यादेशमार्फत आउँदो आर्थिक वर्ष २०७८/७९ को लागि बजेट सार्वजनिक गरिरहेको हो ।
प्रतिक्रिया दिनुहोस्