ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा चार लाख ८१ हजार: भारतमा एक लाख ७४ हजार सङ्क्रमित थपिए


एबीसी / संवाददाता
१६ जेष्ठ २०७८, आइतबार   ७ : ३२   बजे

काठमाडौँ, १५ जेठ । विराटनगर र छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र एक लाख ७४ हजार ४१ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका छन् ।

यो सङ्ख्या विश्वका अन्य मुलुकमा थपिएका नयाँ बिरामीको भन्दा अत्याधिक धेरै हो । तर भारतमा दैनिक थपिने सङ्क्रमित सङ्ख्याभन्दा निक्कै कम हो । भारतमा यसअघि चार लाखसम्म नयाँ सङ्क्रमित थपिने गरेका थिए । भारतमा हालसम्म दुई करोड ७८ लाख ९३ हजार चार सय ७२ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये दुई करोड ५४ लाख ४६ हजार आठ सय २० जना उपचारपछि निको भए । २१ लाख २० हजार छ सय ५४ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन कोरोनाका कारण भारतमा तीन हजार छ सय १४ जनाको मृत्यु भयो । यो सङ्ख्या विश्वका अन्य मुलुकमा २४ घण्टाभित्र मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमित सङ्ख्याभन्दा केही कम हो ।

यसअघि भारतमा दैनिक चार हजार जनाको मृत्यु हुने गरेको थियो । कोरोनाकै कारण हालसम्म भारतमा तीन लाख २५ हजार नौ सय ९८ जनाको मृत्यु भइसकेको छ । कोरोनाबाट प्रभावित हुनेमध्ये भारत दोस्रो नम्बरमा रहेको मुलुक हो ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै पहिलो नम्बरमा रहेको मुलुक अमेरिकामा एकै दिन ११ हजार नौ सय २९ नयाँ बिरामी थपिए । यो सङ्ख्या यसअघि अमेरिकामा भेटिने सङ्क्रमितको भन्दा निक्कै कम हो ।

अमेरिकामा हालसम्म तीन करोड ४० लाख ३४ हजार पाँच सय ८६ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये दुई करोड ७८ लाख १८ हजार २७ जना उपचारपछि कोरोनामुक्त बनेका छन् ।

५६ लाख सात हजार एक सय ४२ जना उपचाररत छन् । उपचार गराइरहेकामध्ये छ हजार तीन सय ९३ जनाको अवस्था गम्भीर छ ।

पछिल्लो २४ घण्टाभित्र अमेरिकामा तीन सय ४६ सङ्क्रमितको मृत्यु भयो । हालसम्म कोरोनाका कारण छ लाख नौ हजार चार सय १७ जना अमेरिकी नागरिकको मृत्यु भइसकेको छ ।

कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र ७८ हजार नौ सय ४३ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या एक करोड ६४ लाख ७१ हजार छ सय पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ४८ लाख ६९ हजार छ सय ९६ जना उपचारपछि निको भएर सामान्य जीवनमा फर्किएका छन् । ११ लाख ४० हजार सात सय ६२ जनाको उपचार भइरहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन ब्राजिलमा एक हजार नौ सय ७१ जनाको मृत्यु भएको छ । कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या ब्राजिलमा चार लाख ६१ हजार एक सय ४२ पुगेको छ ।

विश्वमा एकै दिन चार लाख ८१ हजार ३० जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या १७ करोड छ लाख सात हजार एक सय छ पुगेको छ ।

सङ्क्रमितमध्ये १५ करोड २७ लाख ३९ हजार ६० जना उपचारपछि निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एक करोड ४३ लाख २० हजार दुई सय ८३ जनाको उपचार भइरहेकोमा ९२ हजार तीन सय २२ जनाको अवस्था गम्भीर छ ।

विश्वमा पछिल्लो २४ घण्टाभित्र १० हजार चार सय ७५ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वभर ३५ लाख ४७ हजार सात सय ६३ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu