ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खनाल–नेपालप्रति प्रधानमन्त्री ओलीको आक्रोश : ‘देशकैविरुद्ध बहुत ठूलो अनिष्ट हुने काम गरे’


एबीसी / संवाददाता
१६ जेष्ठ २०७८, आइतबार   ३ : १७   बजे


काठमाडौँ, १६ जेठ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी भित्रैका नेताबाट देशको लागि अनिष्ठ हुने काम भईरहेको बताउनुभएको छ ।

तेश्रो राष्ट्रिय महिला अधिकार दिवशका अवसरमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे उहाँले संसदीय प्रणाली र दलिय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भईरहेको बताउनुभयो । उहाँले नेता माधव कुमार नेपालप्रति इंगित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वभाविक भएको टिप्पणी गर्नुभयो । उहाँले उनीहरुले मुलुक विरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गर्नुभयो ।

उहाँले भन्नुभयो “तीनले खाएको सपथ झुटो हो ,तीनका सपथ बेइमानी हो । तीनका सपथभित्र स्वार्थ पुरा गर्ने कपट लुकेको हुन्छ । अहिले तीनले खाएका सपथ सम्झनुहोस् त । तीनले कहाँ कहाँ सपथ खाए होलान् तर देशको विरुद्ध बहुतै ठूलो अनिष्टको काम गरिरहेका छन् । जब नेतृत्व तहबाट त्यस प्रकारका कामहरु हुन्छन् । नेतृत्व तह अनुशासनहिन र अराजकता उत्रिन्छ । सम्मानीय राष्ट्रपति ज्यु कोमा गएर एकजनाले म विरोधमा आएको छु भन्नुभएछ गर्वसाथ । शरम छैन । जब नेतृत्व तह यस्तो हुन्छ माथिबाटै धमिलो पानी बगेपछि तल संग्लो कहाँबाट आउँछ ? माथिबाटै धमिलो पानी बग्ने, बगाउने काम भईरहेको छ । यो चिन्ताको विषय छ । ”

राजनीतिक दल र तीनका नेताहरु अनशासनहिन, अराजक, पार्टी निर्देशन विपरित फ्लोर क्रस गर्ने, पार्टी अनुशासन नमार्ने र पार्टी फोड्ने, पार्टीका विरुद्ध जाने, अर्के उम्मेदवार उठाउने जस्ता दुनियाँको कुनै इतिहासमा नएको घटना नेपालमा भएको बताउनुभयो । उहाँले आफ्नो सरकार ढाल्नका लागि विश्वासको मतदान नगरेर बाहिर बस्ने त कहिले अर्को सरकार बनाउन गरिएको कसरत दलिय अनुसासन, मर्यादा, प्रणाली संसदीय प्रणाली विरुद्ध भएको बताउनुभयो । उहाँले पछिल्लो समय नेपाली राजनीतिमा स्याडीस प्रवृत्तिको विगविगी देखिएको टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो “समाजलाई अमर्यादाले एकतावद्ध बनाउदैन । परपीडक प्रवृत्तिले अर्काको आशुँमा रमाउने खालका परपीडक स्याडीस । त्यस्तो स्याडीस प्रवृत्तिको विगविगी देखिन्छ । यो गम्भीर चिन्ता र चासोको विषय हो । परपीडक, असभ्य, छाडा र अराजकतत्व अहिले पनि आफुलाई विद्धान ठान्ने । तीनको जीन्दगी खेर गएको देखेर पनि दुख लाग्छ । उच्च जिम्मेवारी र मर्यादामा रहेका व्यक्तिको अपमान र मनपरी गाली गर्नु आफ्नो बहादुरी ठान्ने प्रवृत्ति यो समाजका लागि कति हानिकारक छ ? यो कुनै अरु जीवजन्तुले होइन । आफु पढेलेखेको जान्ने सुन्ने सभ्य छु भन्ने जान्ने,भात होइन पिजा खानेहरुबाट यस्ता कामहरु भईरहेको छ । ”

समाजमा बढ्दै गएको अशिष्ट र अराजक गतिविधि विरुद्ध मर्यादा, शिष्टता र सभ्यतातर्फ समाजलाई फर्काउन सभ्य समाज निर्माण गर्न जरुरी रहेको भन्दै त्यसकार्यमा लाग्न आग्रह गर्नुभयो ।विभिन्न चरणको आन्दोलन र राजनीतिक योगदानका कारण संबैधानिक र कानुनी हिसाबले राज्यका सबै अंगमा महिलाको ३३ प्रतिशत सुनिश्चितताको उपलब्धी प्राप्त भएपनि कतिपयलाई यही उपलब्धि चित्त नबुझेको टिप्पणी गनुृभयो ।

उहाँले भन्नुभयो “कतिपयलाई यो कुरा चित्त बुझेको छैन । कतिपयमा पुरुषप्रधानताको सामान्ती सोचले जकडिएको छ । कतिपयमा आधुनिक युगको त छोडिदिनोस् । आधुनिक युग, अझै सभ्य, अझै सुसंस्कृत हुदै जानुपर्ने हो तर केही पछाडि परेका तत्वहरु छन्, असभ्य तत्वहरु, परपीडक तत्वहरु । मानविय भावनामा उठ्नै नसकेका । तीनीहरुले सामाजिक समानता, न्याय जस्ता कुराहरु बुझ्ने त कुरा छोड्दिनुनोस् , उनीहरु परपीडकको हिसाबमा अरुको अपमान गर्ने, छाडापन, अश्लिलता, अराजकता फैलाएर समाजलाई विखण्डीत गर्ने काम गर्छन् ।”

प्रधानमन्त्री ओलीले राजनीतिक स्वतन्त्रतासंग सामाजिक न्याय र समानता भएपछि मात्रै वास्तवमा लोकतान्त्रिक समाज निर्माण हुने र जनताको व्यवस्था हुने बताउनुभयो । सम्मृद्धि र समानता भएको स्थानमा लोकतान्त्रिक समाज हुने भन्दै उहाँले प्रजातान्त्रिक समाज निर्माणका लागि नागरिक स्वतन्त्रता, राजनीतिक हक अधिकार, सामाजिक हक अधिकार, सम्मृद्धि र न्याय सहितको समानताको सुनिश्चितता हुनुपर्ने बताउनुभयो ।

विगतमा महिला अधिकारका लागि भएका आन्दोलन तथा योगमाया, कमलादेवी सिंह, सहाना प्रधान लगायत नेतृहरुको भूमिका र बलिदानीको चर्चा गर्दै उहाँले ती सबैले नेपाली समाजलाई राजनीतिक र सामािजक परिर्वतन संगै चेतना वृद्धिमा सहयोग पुराएको बताउनुभयो । त्यसबेलाको आन्दोलनकै असर स्वरुप अहिले महिलाको समान अधिकारको आकांक्षा प्रकट हुने अवस्थामा आएको उहाँले उल्लेख गर्नुभयो ।

उहाँले महिला हिंसा न्युनीकरणका लागि महिला स्वयंम् पनि सचेत र गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

उहाँले भन्नुभयो “यो वा त्यो प्रकारका कुनै पनि महिला हिंसा , महिला हिंसा गर्ने कुरामा महिला पनि त्यत्ति कम छैनन् । महिलाहरु पनि सजग हुनुपर्छ यस्तो कुरामा । महिलामा महिलाजन्य स्नेहपुर्ण, ममतापुर्ण स्वभाव हुनुपर्छ । आफैले आफैलाई सच्याउनुपर्छ । ठिक ठाउँमा उभ्याउनुपर्छ । ठिक विचार लिनुपर्छ । ठिक व्यवहार आचरण लिनुपर्छ । हामीले महिलादिदी बहिनीहरुलाई पुरुष बहकावमा नपर्न आग्रह गर्नुपर्छ । महिला हिंसाका विरुद्ध हामी सबै अगाडि बढ्नुपर्छ । महिला समस्या, विषय र आकांक्षाहरु महिलाका मात्रै नभई सामाजिक र मानवजातिका आकांक्षा भएकाले मानवजातिको उन्नति प्रगतिका निम्ति आवश्यक आकांक्षा हुन् । ”


उहाँले महिला हक अधिकार र समानताको आन्दोलन महिलाको मात्रै हो भनेर नठान्न र पुरुषहरुलाई पनि महिलाप्रति सहयोगी , महिला आन्दोलन , आकाक्षा र प्रयासप्रति सहकारात्मक र सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो । उहाँले पुरुषहरुले सहयोगी भूमिका निर्वाह नगरेसम्म महिला आन्दोलन सफल गराउन कठिन हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सम्बन्धित

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना : १९ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu