ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वभर हालसम्म १७ करोड १० लाख छ हजार आठ सय ९५ जनामा कोरोना पुष्टि : ३५ लाख ५६ हजार १९ जनाको मृत्यु


एबीसी / संवाददाता
१७ जेष्ठ २०७८, सोमबार   ९ : २८   बजे

काठमाडौं,१७ जेठ । विश्वमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक करोड ४१ लाखभन्दा बढी रहेको छ ।

विश्वभर हालसम्म १७ करोड १० लाख छ हजार आठ सय ९५ जनामा कोरोना पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ८८ हजार सात सय ६७ नयाँ बिरामी थपिए । सङ्क्रमण यकिन भएको आधारमा सक्रिय सङ्क्रमितको सङ्ख्या निक्कै कम हो ।सङ्क्रमण पुष्टि भएकामध्ये अधिकाङ्श निको भइसकेका छ । १५ करोड ३२ लाख ७८ हजार दुई सय २७ जनाको उपचार सम्भव भएको छ । उपचार सम्भव भएकाहरु निको भएर कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

विश्वमा हाल एक करोड ४१ लाख ७२ हजार छ सय ४९ जना सक्रिय सङ्क्रमित रहेका छन् । सक्रिय सङ्क्रमितको उपचार भइरहेको छ । उपचाररतमध्ये ९२ हजार ७१ जनाको अवस्था चिन्ताजनक छ ।

एकै दिन विश्वमा सात हजार ३७ जना सङ्क्रमितको मृत्यु भयो । हालसम्म विश्वभर कोरोनाका कारण ३५ लाख ५६ हजार १९ जनाको मृत्यु भइसकेको छ । विश्वमा दैनिक सङ्क्रमण पुष्टि र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या घट्दै गइरहेको छ ।

विश्वमा यसअघि दैनिक सात लाखभन्दा बढीलाई सङ्क्रमण पुष्टि हुने गरेको थियो । त्यो सङ्ख्या अहिले आधामा झरेको छ । विश्वमा एकै दिन १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो ।

कोरोनाका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकामा सक्रिय सङ्क्रमितको सङ्ख्या ५५ लाख ९२ हजार पाँच सय १५ रहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये छ हजार एक सय १६ जनाको अवस्था गम्भीर छ ।

अमेरिकामा पछिल्लो २४ घण्टाभित्र सात हजार छ सय २५ नयाँ बिरामी थपिए । दैनिक सङ्क्रमण पुष्टि हुँदै आएको सङ्ख्यामा यो निक्कै कम हो । यसअघि अमेरिकामा दैनिक ५० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण यकिन हुने गरेको थियो ।

अमेरिकामा जम्मा सङ्क्रमित तीन करोड ४० लाख ४२ हजार नौ सय ४३ पुगेका छन् । सङ्क्रमितमध्ये दुई करोड ७८ लाख ४० हजार आठ सय ८४ जनाको उपचार सफल भएको छ । उपचार सफल भएकाहरु कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एकै दिन एक सय २४ अमेरिकी नागरिकको मृत्यु कोरोनाका कारण भयो । केही समयअघिसम्म दैनिक दुई हजार हाराहारीमा सङ्क्रमितको मृत्यु हुने गरेको थियो । अमेरिकामा कोरोना सङ्क्रमित छ लाख नौ हजार पाँच सय ४४ जनाको मृत्यु भइसकेको छ ।

भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या २० लाख ३३ हजार तीन सय एक रहेको छ । कोरोनाको भयानक अवस्थासँग जुधिरहेको छिमेकी मुलुक भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या कम हुँदै गइरहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ ।

पछिल्लो २४ घण्टामा एक लाख ५३ हजार चार सय ८५ जनामा कोरोना देखियो । यसअघि चार लाखसम्मलाई कोरोना देखिँदै आएको भारतमा दैनिक सङ्क्रमण घट्दो क्रममा छ । हालसम्म सङ्क्रमित सङ्ख्या दुई करोड ८० लाख ४६ हजार नौ सय ५७ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ५६ लाख ८४ हजार पाँच सय २९ जना उपचारपछि निको भएका छन् । भारतमा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ । एकै दिन तीन हजार एक सय २९ जनाको मृत्यु कोरोनाका कारण भयो ।

यसअघि दैनिक चार हजारभन्दा बढीको मृत्यु कोरोनाबाट भइरहेको थियो । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमित तीन लाख २९ हजार एक सय २७ जनाको मृत्यु भइसकेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

ब्राजिलमा सक्रिय सङ्क्रमितको सङ्ख्या ११ लाख ४० हजार चार सय ४५ रहेको छ । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार तीन सय १८ जनाको अवस्था गम्भीर छ ।

२४ घण्टाभित्र ४३ हजार पाँच सय २० जना नयाँ बिरामी थपिए । यसअघि दैनिक ५० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेका थिए । ब्राजिलमा सङ्क्रमित सङ्ख्या एक करोड ६५ लाख १५ हजार एक सय २० पुगेको छ ।

सङ्क्रमितमध्ये एक करोड ४९ लाख १२ हजार सात सय ४४ जना उपचारपछि निको भएका छन् । ब्राजिलमा एकै दिन सात सय ८९ जना बिरामीको मृत्यु भयो । यसअघि दैनिक दुई हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण हुने गरेको थियो ।

ब्राजिलमा हालसम्म चार लाख ६१ हजार नौ सय ३१ जनाको मृत्यु कोरोना सङ्क्रमणका कारण भइसकेको छ । ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group