ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीनमा दुई सन्तान नीतिमा परिवर्तन : अब तीन सन्तान जन्माउन पाउने


एबीसी / संवाददाता
१७ जेष्ठ २०७८, सोमबार   ३ : ०६   बजे


काठमाडौं, १७ जेठ। चीनले आफ्नो मुलुकमा बस्ने दम्पत्तीलाई तीन सन्तान जन्माउन पाउने अधिकार दिने निर्णय गरेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार सरकारले दुई सन्तान नीतिमा परिवर्तन गर्दै तीन सन्तानको नीति घोषणा गरेको हो । चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो मिटिङमा राष्ट्रपति सि जिनपिङले उक्त नीतिलाई स्वीकृति दिएका हुन् ।

चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको केही समयमा नै चीनले यस्तो घोषणा गरेको हो । जनसंख्या वृद्धिदर कम देखिएसँगै चीनलाई दुई सन्तानको नीति हटाउन दबाब बढेको हो ।

यसअघि सन् २०१६ मा चीनले विवादित एक सन्तान नीति अन्त्य गर्दै एक दम्पत्तीले दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो । यद्यपि यो नीतिले पनि चीनमा जन्मदर बढाउन भने सहयोग गरेन । उक्त नीतिको दुई वर्ष जन्मदरमा केही वृद्धि देखिए पनि त्यसमा पुनः गिरावट देखिएको हो ।
चीनले सन् १९७९ मा जनसंख्या नियन्त्रणको लागि भन्दै एक सन्तानमात्र जन्माउन पाउने नीति ल्याएको थियो । जतिबेला चीनको जनसंख्या ९७ करोड थियो । विश्व बैंकको तथ्यांकअनुसार त्यसयता चीनको जनसंख्या ४१ करोड ७० लाख बढेको छ । यद्यपि जनसंख्याको वृद्धिदर भने उल्लेख्यरुपमा घटेको छ ।

पछिल्लो समय जन्मदर निकै कम देखिएकाले भविष्यमा चीनमा वृद्धहरुको संख्या धेरै हुन सक्ने आशंकाको कारण चीनले जन्मदर बढाउने उपाय अहिले खोजिरहेको छ । यसै क्रममा सन् २०१६ मा चीनले एक सन्तान नीति हटाउँदै दुई सन्तान जन्माउन पाउने नीति ल्याएको थियो । यो नीतिले पनि जन्मदर बढाउन नसकेपछि चीनले तीन सन्तानको नीति ल्याएको हो । एक सन्तान नीतिको कारण चीनमा लैङ्गिक असन्तुलनको समस्या पनि देखिएको थियो । सन् २०२० मा चीनमा पुरुषको संख्या ७२ करोड ३३ लाख छ थियो भने महिलाको संख्या ६८ करोड ८४ लाख मात्र छ । त्यसैले यस किसिमको असन्तुलन हटाउन पनि दुई सन्तान नीतिले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने अपेक्षा गरिएको थियो ।

अहिले ल्याएको नीतिले ग्रामीण र सहरी भेगमा फरक-फरक प्रभाव पर्न सक्ने जानकारहरु बताउँछन् । चिनियाँ नीति निर्माणको टोलीका एक सदस्यले रोयटर्ससँगको अन्तर्वार्तामा भनेका थिए, ‘यदि हामीले यो नीतिको बन्धन हटायौं भने ग्रामीण भेगमा बस्ने मानिसले सहरमा बस्नेले भन्दा धेरै सन्तान जन्माउन चाहन्छन् र यसले अन्य समस्या निम्त्याउन सक्छ ।’

यसअघि जानकारहरुले चीनको जनसंख्यामा कमी आए त्यसको असर चीनमा मात्र नभई विश्वभर नै हुन सक्ने चेतावनी दिएका थिए । विस्कोन्सिन–म्याडिसन युनिभर्सिटीका वैज्ञानिक यि फुसियान भन्छन्, ‘चीनको अर्थतन्त्र निकै तीवै गतिमा बढ्दै आएको छ र विश्वभरका उद्योगहरु चीनमा निर्भर छन् । यस्तोमा चीनको जनसंख्यामा कमी आउनुको असर ठूलो हुन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

धादिङको जरिखेतमा एकतर्फी यातायात सञ्चालन, बेलुकासम्म पृथ्वी राजमार्ग पूर्ण रूपमा खुल्ने अपेक्षा

भोटेकोशी बाढीपछि पाँच जलविद्युत् आयोजनाका २१५ कर्मचारी सम्पर्कविहीन

सम्बन्धित

ट्रम्पद्वारा नेपाललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता

रसुवा बाढी : अमेरिकाद्वारा ५ लाख डलर सहायता घोषणा

इरान–ओमानबीच होर्मुज जलमार्ग व्यवस्थापनबारे नयाँ सहमति

रसुवा बाढीपछि ४०३ पर्यटक सम्पर्कविहीन, ३४१ विदेशी

अमेरिकाले इरानमा तत्काल नयाँ सैन्य आक्रमण नगर्ने संकेत, आर्थिक दबाब बढाउने रणनीति

इरानमाथि अमेरिकाको नयाँ आर्थिक प्रहार, ६० व्यक्ति, कम्पनी र जहाज प्रतिबन्धको निशानामा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu