ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ व्यापार प्रतिनिधि, अमेरिकी अर्थमन्त्रीबीच भिडियो वार्ता


एबीसी / संवाददाता
१९ जेष्ठ २०७८, बुधबार   ४ : २१   बजे



बेइजिङ, १९ जेठ – चीनका प्रमुख व्यापार प्रतिनिधि र अमेरिकी अर्थमन्त्री जानेट येलेनबीच पहिलो पटक बुधबार भिडियो संवाद भएको छ । तर दुबै पक्षले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासन र चीनबीच जारी करवृद्धि युद्ध कहिले समाप्त हुन्छ भन्ने बारेमा केही बताएका छैनन् ।
चीनका प्रमुख व्यापार प्रतिनिधिका रुपमा उपप्रधानमन्त्री लिउ हे ले नेतृत्व गरिरहनु भएको छ । दुबै नेताले आर्थिक स्थिति, द्वीपक्षीय सहयोग तथा आपसी चासोका अरु विषयमा छलफल गर्नु भएको चीनको वाणिज्य मन्त्रालयले जनाएको छ ।
उता अर्थमन्त्री येलेनको कार्यालयले दुबै मुलुकका आपसी चासोका विषयमा खुला छलफल भएको जानकारी दिएको छ, तर वार्तामा के कुरा भए भन्ने खुलाएको छैन ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्ववर्ती राष्ट्रपति ट्रम्पले चीनसँग शुरु गर्नु भएको करयुद्ध कसरी सम्बोधन गरिनेछ भन्ने बारेमा अहिलेसम्म केही बताउनु भएको छैन । ट्रम्पले चीनको औद्योगिक नीति र चीन–अमेरिका व्यापार घाटाको विषयलाई लिएर चीनबाट आयात हुने सामानमा शृंखलाबद्ध करवृद्धि गर्नु गर्नु भएको थियो । जवाफमा चीनले पनि अमेरिकी सोयाबिन र अरु सामानमा करवृद्धि गर्नुका साथै कतिपय अमेरिकी सामानको आयात रोकेको थियो ।
चिनियाँ उपप्रधानमन्त्री लिउले गत साता अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन टाईसँग पनि फोनमा कुराकानी गर्नु भएको थियो । टाईको कार्यालयले दुबै देशबीचको व्यापार सम्बन्धको समीक्षा गरिरहेको बारेमा चिनियाँ पक्षलाई जानकारी दिइएको जनाएको छ ।
दुबै देशका व्यापार प्रतिनिधिहरुबीच कोभिड–१९ का कारण सन् २०२० को शुरुदेखि नै प्रत्यक्ष भेटवार्ता हुन सकेको छैन । तल्लो तहका अधिकारीहरुबीच फोनबाटै कुराकानी भइरहेका छन् ।
ट्रम्पकै कार्यकालमा चीन र अमेरिकाबीच पहिलो चरणको सम्बन्ध सामान्यीकरण सम्झौता सन् २०१९ मै भएको थियो । उक्त सम्झौतामा थप करवृद्धि योजना तत्कालका लागि स्थगन गर्ने र कतिपय करवृद्धि प्रस्ताव फिर्ता लिइने उल्लेख छ ।
चीनले पनि अमेरिकी सोयाबिनको आयात गर्ने र अमेरिकी अरु सामानको खरिदलाई बढाउने प्रतिबद्धता जनाएको थियो । तर कोभिड–१९ का कारण विश्वव्यापी व्यापारमा मन्दी छाएसँगै चीनले अमेरिकी प्रतिबद्धता पूरा गर्न सकेको छैन ।(एपी)
––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नयाँ कायरोमा एकीकृत शहरी परियोजनाका लागि इजिप्ट र युएईबीच ३.१ अर्ब डलरको सम्झौता

इजरायली हवाई आक्रमणबाट लेबनानको नबातियेहमा व्यापक क्षति, राष्ट्र बैंकको भवन ध्वस्त

इजरायल र लेबनानबीच युद्धविराम भए पनि आक्रमण जारी, पछिल्लो हमलामा १५ जनाको मृत्यु

अमेरिका–इरान समझदारीबारे छलफल गर्न कायरोमा चार देशका विदेशमन्त्रीहरूको बैठक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group