ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानन्‍‍यायाधीश राणाले बोलाए सर्वोच्चको पूर्ण बैठक


एबीसी / संवाददाता
२० जेष्ठ २०७८, बिहिबार   ९ : ११   बजे

काठमाडौं, २० जेठ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाउनु भएको छ । ‘फुट कोर्ट’ भनिने यो बैठकमा सर्वोच्चका सबै न्यायाधीश सहभागी हुनेछन् । सर्वोच्च अदालत स्रोतका अनुसार संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधन, कोरोना महामारीका कारण रोकिएका सेवाको विषयमा न्यायाधीशहरुसँग छलफल गर्न प्रधानन्यायाधीश राणाले पूर्ण बैठक बोलाउनु भएको हो ।

यसअघि जेठ १३ गते बसेको सर्वोच्चको पूर्ण बैठकले महामारीको समयमा नियमित मुद्दा र रिट निवेदनमाथिको कारवाही रोकेको थियो । शुक्रबारका लागि बोलाइएको पूर्ण बैठकमा संवैधानिक इजलास गठन सम्बन्धी नियमावलीको विषयमा छलफल हुने बताइएको छ । प्रधानन्यायाधीश राणाले संवैधानिक इजलास गठन सम्बन्धी नियमावली संशोधनको विषयमा छलफल गर्न बैठक बोलाएको अनुमान गरिएको छ ।

यो विषयमा सर्वोच्चका न्यायाधीशको धारणा सुनेपछि निर्णय हुनसक्छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइका लागि गठन भएको संवैधानिक इजालास विवादित बनेपछि राणाले बोलाएको पूर्ण बैठकलाई महत्वकासाथ हेरिएको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलासबाट न्यायाधीश दिपककुमार कार्की र डा. आनन्दमोहन भट्टराई अलग भएपछि राणाले जेठ २३ गते अर्को इजलास तोक्नु भएको छ । सुनुवाइको मिति तोके पनि राणाले संवैधानिक इजलास गठन गर्न सक्नुभएको छैन ।

राणाले न्यायाधीशहरुसँगको छलफलपछि वरिष्ठताका आधारमा संवैधानिक इजलास गठनको तयारी गर्नुभएको हो । जसका लागि नियमावली नै परिवर्तन गरेर जाने उहाँको योजना छ । जेठ ७ गते मध्यरातम दोस्रो पटक संसद्‍ भंग भएपछि त्यसका विरुद्ध परेका ३० वटा रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीश राणाले आफ्नो नेतृत्वमा न्यायाधीशहरु दीपककुमार कार्की, आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमकुमार श्रेष्ठको संवैधानिक इजलास गठन गर्नुभएको थियो । बहसका क्रममा अधिवक्ताहरुले न्यायाधीशमाथि प्रश्न उठाएपछि उहाँहरु इजलासबाट अलग हुने निर्णय गर्नुभएको हो । माओवादी केन्द्र र नेकपा (एमाले)बीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भंग गर्ने मुद्दामा सहभागी भएको भन्दै अधिवक्ताहरुले न्यायाधीशमाथि प्रश्न उठाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group