ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माधव पक्षको बैठक आज पनि, जेठ २ मा फर्किँदैमा एकता हुने वा नहुनेमा शंका


एबीसी / संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार   ११ : ५६   बजे

काठमाडौं, २१ जेठ । माधव नेपाल पक्षधर नेकपा एमालेका केन्द्रीय सदस्यहरुको बैठक आज पनि जारी छ । बिहान ११ बजेबाट शुरू बैठकमा बाँकी सदस्यहरूले बोल्ने र नेपालले निष्कर्ष सुनाउने बताइएको छ । बैठकमा प्रष्ट रूपमा दुई खाले विचार आएकाले नेता नेपालले आफ्नो समूहका बटमलाइन सुनाउने सम्भावना छ । माधव नेपालको पक्षमा सधैँ खडा हुँदै आएका नेताहरुले २०७५ जेठ २ मा फर्किदैमा ओलीसँग सहकार्य हुन नसक्ने र धोखाहुने विचार व्यक्त गरेका छन् । त्यो विचारको नेतृत्व भीम रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यदेखि प्रकाश ज्वाला, राजेन्द्र राई, जगन्नाथ खतिवडाजस्ता नेताहरूले गरिरहेका छन् ।

अर्कोतिर विशेषगरी माधव नेपालसँग नवौं महाधिवेशनबाट जोडिएका नेताहरू भने केपी ओलीलाई जेठ २ मा फर्काउन सके एमालेभित्रै रहेर पार्टी बलियो बनाउन सकिने पक्षमा छ । यो विचारमा गोकर्ण विष्ट पनि सहमत हुनुभएको छ । आजको बैठकमा विष्टले पनि बोल्दै हुनुहुन्छ ।पार्टी एकताको लागि प्रयत्न गरिरहेका नेता ठाकुर गैरेले जेठ २ को विन्दूबाट पार्टीका सबै संरचनाहरुलाई अघि बढाएपछि सबै समस्याहरु आफैं समाधान हुँदै जाने र पार्टी एकढीक्का रहने बताउनुभयो । उहाँले वैठकमा कसैले पनि एकताको विरोध नगरेको दावी गर्नुभयो । एकता वा विद्रोह जे गर्ने हो तत्कालै गर्न नेपालमाथि दबाब छ ।

धेरै सदस्यहरुले जे २ मा फर्किने भनेर ओलीबाट फेरि छलछाम र धोखा हुने आशंका गरेका छन् । ओलीले एकतर्फी रुपमा जेठ २ मा फर्किएको घोषणा गरे आफ्नो समूहको धारणा के हुने ? भन्ने प्रश्न पनि बैठकमा उठेको छ ।बैठकमा ८८ जना केन्द्रीय सदस्य सहभागी रहेको नेता झपट रावलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नदी–खोलाको प्राकृतिक बहाव नरोकी संरक्षण गर्न सर्वोच्चको आदेश

रास्वपाको सचिवालय बैठक बस्दै, के छ कार्यसूची ?

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu