काठमाडौं, २१ जेठ । नियमावली संशोधन गरेर संवैधानिक इजलास गठन गर्ने भनिएपनि नियमावली संशोधन नहुने भएको छ ।शुक्रबार सर्वोच्चको फुट कोर्टको बैठकले संशोधन नगने निर्णय गरेको हो । अहिले संसद विघटन सम्बन्धि मुद्दा हेर्नका लागि गठन भएको संवैधानिक इजलास विवादीतत बनेपछि नियमावली संशोधन विषय उठेको थियो ।तर वरिष्ठतम् न्यायाधीशलाई राखेर इजलास गठन गर्न कुनै बाधा नरहेकाले नियमावली संशोधन गर्नु नपर्ने निष्कर्ष निकालेको हो ।
प्रतिक्रिया दिनुहोस्