ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सङ्क्रमण बढेको समयमा पनि पाल्पाका युवाको रोजाइ कृषि


एबीसी / संवाददाता
२१ जेष्ठ २०७८, शुक्रबार   ४ : १६   बजे



काठमाडौँ, २१ जेठ
कोरोनाको सङ्क्रमण बढेको समयमा पनि पाल्पामा युवा कृषि कर्ममै व्यस्त छन् । खेतबारीमै काम गर्दा उत्पादन लिन र कोरोनाको जोखिमसमेत कम हुने हुँदा खेतबारी तथा गोठमा युवा बढी व्यस्त देखिएका छन् । घरआँगन, खेतबारी, गोठमा काम गर्दा सुरक्षित पनि भइने र आम्दानी लिन सकिने कृषक बताउँछन् ।

निस्दीमा च्याउ फार्म सञ्चालन गर्नुभएका शेरबहादुर सोतीले फार्ममा गरिने कामले आफूलाई सुरक्षित बनाएको र उत्पादनबाट आम्दानी लिनसमेत सहज भएको बताउनुभयो । करीब सात हजार गोला च्याउ खेती गरेकामा यस वर्ष उहाँले ६० क्विन्टल च्याउ उत्पादन गर्नुभयो । प्रतिकिलो करीब रु १५० सम्ममा बिक्री भएको सोतीको भनाइ छ ।

धर्तिमाता कृषि फार्म सञ्चालन गर्नुभएका सोतीले अन्य दुई युवासँग मिलेर सामूहिक रुपमा जैविक च्याउ फार्ममा समेत जोडिनुभएको छ । लुम्बिनी प्रदेश सरकारको अनुदान र आफूहरुको गरी करीब रु २८ लाख लगानीमा सञ्चालन गरेको फार्मबाट राम्रो आम्दानी लिँदै आएको उहाँले सुनाउनुभयो । 

पाल्पामा विदेशबाट फर्केका युवाले जिल्लाको निस्दी, पूर्वखोला, बगनासकाली, माथागढी, रैनादेवी छहरा, रिब्दीकोट गाउँपालिका तथा रामपुर र तानसेन नगरपालिकाका विभिन्न भागमा च्याउ खेती गर्दै आएका छन् । निस्दी गेझाका पूर्णबहादुर पचभैंया २०६९ सालदेखि कृषिमा लागेर केही वर्ष गोलभेँडा, काउली, बन्दालगायत तरकारी खेती गरे पनि पछिल्लो समय यी तरकारी बिक्रीका लागि बजारको समस्या भएपछि च्याउ खेती गरेको बताउनुहुन्छ । उहाँ पनि करीब  १० हजार गोलासम्म तयार गरेर उत्पादन लिँदै आउनुभएको छ । उहाँका अनुसार अन्य खेतीभन्दा च्याउ खेती गर्न सहज हुने भएका कारण पनि यसतर्फ लागेको सुनाउनुहुन्छ ।

पाल्पामा उत्पादित च्याउ, कास्की, रुपन्देही, स्याङ्जा, चितवन लगायतका जिल्ला पुग्ने गर्दछ । च्याउखेतीसँगै, गाईभैँसी, कुखुरा, बङ्गुरपालनमा पनि युवाको आकर्षण छ । रामपुर नगरपालिका–८ मा विगत केही वर्षदेखि भैँसी पाल्दै आउनुभएका नरनारायण अर्यालले पनि बजारको विकास हुँदै गएको रामपुरमा दूधबाट पनि राम्रो आम्दानी लिन सकिने बताउनुभयो । 

करीब रु दुई करोड ५० लाख लागतमा नागिन एग्रो एन्ड रिसर्च सेन्टर सञ्चालन गर्नुभएका अर्यालले ६३ भैँसी पाल्नुभएको छ । दैनिक २०० लिटर दूध बिक्री गर्ने अर्यालको गोठमा अहिले २४ लैनो भैँसी छन् । आफ्नै डेरीसमेत सञ्चालन गर्नुभएका उहाँको गोठ तथा डेरीबाट दूध बिक्री हुन्छ । भैँसीका लागि चार रोपनी जग्गा खरीद गरेर घाँससमेत रोप्नुभएको छ ।

कृषि उत्पादन र यसपटक जिल्लामा भएको निषेधाज्ञाको समयमा पनि कृषि उपज बिक्रीका लागि सहज भएकाले पनि कृषकलाई सजिलो भएको बताइन्छ । रामपुरमै हाम्रो आधुनिक कृषि फार्म खोलेर व्यवसाय गर्दै आउनुभएका दिलबहादुर थापाले पछिल्लो समय झन् धेरै आम्दानी दिन सफल भएको बताउनुभयो । उहाँले यस वर्ष एक महिनामा मात्रै काँक्रो, घिराँैला, करेला तथा बोडी बिक्रीबाट रु एक लाख ५० हजारसम्म आम्दानी दिन सफल भएको सुनाउनुभयो । 

दुई दाजुभाइ लालबहादुर र दिलबहादुरले पुष्प व्यवसायसँगै तरकारी खेती गर्दै आउनुभएको छ । निषेधाज्ञाको समय भए पनि बिक्रीका लागिसमेत समस्या नभई स्थानीय रामपुर बजारमै तरकारी बिक्री गरेको उहाँ बताउनुहुन्छ ।

बगनासकाली गाउँपालिकामा युवाले मौरीपालन रोजेका छन् । मिहिनेत कम लाग्ने र महबाट आम्दानीसमेत हुने भएपछि सङ्घीय सरकारको रु १२ लाख तथा कृषकको रु १२ लाख लगानीमा घ्युसीबास मिश्रित कृषक समूह गठन गरेर युवा मौरीपालनमा लागेको गाउँपालिकाका कृषिशाखा प्रमुख राजेश बोहोरा बताउनुहुन्छ । वडा नं २, ३, ५, ८ र ९ का कृषकले मौरीको गोला, मह, मौरीको घारसमेत बिक्री गर्दै आएका छन् ।

विदेशबाट फर्केका युवा आफ्नै गाउँमा बसेर पनि राम्रो उत्पादन लिन सकिने भएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना कृषि व्यावसायिक उत्पादन केन्द्र पकेट कार्यक्रमअन्तर्गत कृषि कार्य गर्न थालेका हुन् । कम लगानीमै राम्रो आम्दानी लिन सकिने र गाउँघरमै बसेर पनि मनग्य आम्दानी हुने भएपछि कृषि आफ्नो रोजाइ रहेको कृषक बताउँछन् ।(रासस

–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

मृत व्यक्तिले अदालतमा बोले, हत्यारालाई क्षमा गरे !

बालेनले सच्याए सीमा विवादबारेको अभिव्यक्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group