काठमाडौं, २२ जेठ । नेपाल आयल निगमले अन्तराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको भन्दै मूल्य बढाएको छ । केही हप्ता अघि पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले पेट्रोल, डिजेल, मट्टितेल मूल्य प्रतिलिटरमा दुई रुपैयाँले बढाएको निगमले प्रेस विज्ञप्तीमार्फत जानकारी गराएको छ । यसै गरि आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटरमा दुई रुपैयाँले बढेको छ । निगमका अनुसार आज राती १२ बजे पछिबाट काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १२५ हुने भएको छ । मट्टितेल र डिजेलको १०८ पुगेको छ भने हवाई इन्धन आन्तरिकतर्फको मूल्य प्रतिलिटरमा ८० रुपैयाँ पुगेको निगमले जानकारी दिएको छ । भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएको भन्दै नोपलमा पनि मूल्य बढाउन बाध्य भएको निगमको भनाई छ । यस्तै अवस्था रहे आगामी दिनमा पनि निगमले इन्धनको मूल्य बढाउन बाध्यता अवस्था आउने समेत बताएको छ ।
प्रतिक्रिया दिनुहोस्