ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एसईई मूल्याङ्कन कार्यविधि जेठभित्रै


एबीसी / संवाददाता
२३ जेष्ठ २०७८, आइतबार   ६ : ५५   बजे

काठमाडौँ, २३ जेठ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनको कार्यविधि जेठभित्रै जारी गर्ने तयारी गरिरहेको छ । विद्यालय र शिक्षकलाई विद्यार्थीको आन्तरिक मूल्याङ्कन कसरी गर्ने भनेर नीतिगत रूपमा सहज बनाउन बोर्ड कार्यविधि बनाउने तयारीमा जुटेको हो ।

बोर्डका अध्यक्ष प्रा। चन्द्रमणि पौडेलले कार्यविधिका विषयमा छलफल भइरहेको जानकारी दिँदै यसै महिनाभित्र सार्वजनिक गरिने जानकारी दिनुभयो । विशेषगरी विद्यार्थीको मूल्याङ्कनमा नम्बर कसरी दिने भन्ने मापदण्ड निर्धारण, विद्यालयमा यसका लागि कस्तो खालको संरचना हुने, मूल्याङ्कनमा को जिम्मेवार हुनेलगायतका विषय स्पष्ट पार्ने काम कार्यविधिले गर्ने जनाइएको छ ।

सरकारले गत वर्ष पनि विद्यालयले गर्ने आन्तरिक मूल्याङ्कनका लागि कार्यविधि बनाएको थियो । सो कार्यविधिमा केही परिवर्तन गरी यस पटक कार्यविधि जारी गर्ने उहाँले जानकारी दिनुभयो । गत वर्षको कार्यविधिमा शिक्षकले गरेका कतिपय मूल्याङ्कनका कारण आलोचना गरिएको थियो ।

गत सोमबारको मन्त्रिपरिषद्को बैठकले विद्यालयले आन्तरिक मूल्याङ्कनबाट एसईई परीक्षा गर्ने नीतिगत निर्णय गरिसकेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण पाठ्यक्रम तथा विशिष्टीकरण तालिकाअनुसार विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुन नसक्ने निचोड निकाल्दै सरकारले यस खालको नीतिगत परिवर्तन गरेको थियो ।

अब कार्यविधि जारी गरेपछि विद्यालयलाई विद्यार्थीको मूल्याङ्कन गरिसक्न दुई साताको समय दिने बोर्डको तयारी छ । विद्यालयद्वारा गरिएको अन्तिम मूल्याङ्कनको विवरण सम्बन्धित जिल्लाको शिक्षा तथा समन्वय इकाइमा पठाउने र समन्वय इकाइले प्रमाणित गरी बोर्डमा पठाउनुपर्ने छ । बोर्डमा देशभरका विद्यालयबाट प्राप्त विवरण अद्यावधिक गरी विद्यार्थीको अन्तिम परीक्षाफल तयारी तथा प्रकाशन, प्रमाणीकरण र प्रमाणपत्र जारी गरिने छ । बोर्डलाई यो काम गर्न २० दिनको हाराहारीमा लाग्ने प्रारम्भिक अनुमान छ । गत वर्ष शिक्षकको आन्तरिक मूल्याङ्कनमा केही समस्या भएको भन्दै बोर्डले परीक्षाफलको प्रकाशनका केही दिन विलम्ब गरेको थियो ।

कक्षा ११ विद्यालयबाटै

कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम मूल्याङ्कन भने विद्यालयले नै गर्नेछन् । सरकारले गत वर्ष नै नीतिगत निर्णय गर्दै विद्यालयलाई यो अधिकार दिइसकेको छ । कक्षा १२ को परीक्षाको विषयमा भने कुनै निर्णय गरिएको छैन । बोर्डले कक्षा १२ को परीक्षा सञ्चालनसमेत वैकल्पिक विधिबाट गर्ने प्रस्ताव गरे पनि सरकारले यस विषयमा कुनै निर्णय गरेको छैन । गत वर्ष कक्षा १२ मा बोर्डले ४० अङ्कको लिखित परीक्षा लिएको थियो । त्यसबाहेक विद्यार्थीको आन्तरिक मूल्याङ्कन र कक्षा ११ को नतिजालाई समेत आधार मानिएको थियो । केही महिना कुरेर भए पनि पुरानै मोडलबाट कक्षा १२ को परीक्षा हुने सम्भावना रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group