ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीबाट पदभार ग्रहण


एबीसी / संवाददाता
२३ जेष्ठ २०७८, आइतबार   १ : २३   बजे

काठमाडौ, २३ जेठ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरीले पदभार ग्रहण गर्नु भएको छ ।

आइतवार वहाँले सिंहदरवारमा पद भार ग्रहण गर्नु भएको हो । पदभार ग्रहण गर्दै मन्त्री चौधरीले सामाजमा रहेका विभिन्न कुरीति अन्त्यका लागि पंचवर्षिय रणनीतिक कार्ययोजना मन्त्रीपरिषदमा पठाउने फाइलमा सदर गरी कार्य प्रारम्भ गर्नु भएको छ । सो अवसरमा सन्चारकर्मी सँग कुराकानी गर्दै उहाँले समाजमा देखिएको कुरीति विरुद्धमा लागि पर्ने बताउनु भयो ।उहाँले भन्नु भयो, म भर्खरै आएको छु, मन्त्रालय अन्तर्गत नीतिगत कार्ययोजना कार्यान्वयनका लागि प्राथमिकताका साथ के के गर्न सकिन्छ त्यसको बारेमा विस्तृत काम गर्ने योजनामा छु ।

संविधानमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको लागि उल्लेखित हक अधिकारको स्पष्ट व्यवस्था गरकोले सोही अनुसार कार्यान्वयन गर्नुमा जोड दिनु भयो ।उहाँले महिला विरुद्धको सबै हिंसाको अन्त्यका लागि तीनै तहमा तदारुकताका साथ काम गर्नु पर्नेमा विशेष जोड दिनु भयो ।

साथै मन्त्री चौधरीले मर्यादित महिनाबारी प्रर्वद्धन सम्बन्धी निर्देशिका २०७८ स्वीकृतीका लागि मन्त्री परिषदमा पेश गर्ने निर्णय गर्नु भयो । सो अवसरमा मन्त्रालयद्धारा आयोजित निवर्तमान मन्त्रीको विदाई तथा नवनियुक्त मन्त्रीहरुको स्वागत कार्यक्रममा नव नियुक्त मन्त्री चौधरीले मन्त्रालयका कर्मचारीहरुलाई निर्देशन दिदैं नियम कानुन अनुसार हुने काममा ढिला सुस्ती नगर्न आग्रह गर्नु भयो । उहाँले काम गर्दा कुनै पनि समस्या भए कामको बाँडफाँड गरेर कुनै पनि योजना एउटै जिल्लामा दोहोरिनु नहुने सल्लाह दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu