ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवन राष्ट्रिय निकुञ्जमा देखिन छाड्यो बाह्रसिंगे


एबीसी / संवाददाता
२३ जेष्ठ २०७८, आइतबार   १ : २७   बजे

चितवन राष्ट्रिय निकुञ्जमा देखिन छाड्यो बाह्रसिंगे
चितवन, २३ जेठ
चितवन राष्ट्रिय निकुञ्जको खुल्ला खोरमा राखिएको बाह्रसिंगे गतअसोज महिनादेखि देखिन छाडेको छ । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार अर्नासँगै रहेका बाह्रसिंगे खुल्ला खोरमा नभेटिएको हो । उहाँले भन्नुभयो “गत असोजदेखि खोरभित्र देखिएको छैन । कतै झाडिमा लुकेको, बाघले खाएको वा खोर बाहिर भागेको भन्ने बारे एकिन हुन नसकेको छैन । ”

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट विसं २०७४ मा पाँच पोथी र दुई भाले गरी  सात बाह्रसिंगे स्थानान्तरण गरी यहाँ ल्याइएको थियो । ती मध्ये दुई पोथी ल्याउने वित्तिकै   र अन्य  चार  विभिन्न कारणले मरिसेका छन् । अर्नासँगै रहेको बाँकी रहेको एक  बाह्रसिंगे पनि लामो समयदेखि देखिन छाडेको हो । 

तत्कालिन अवस्थामा कञ्जनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँ  ५ भाले सहित २५  बाह्रसिंगे ल्याउने योजना थियो । यहाँ ल्याए लगत्तै बाह्रसिंगे मरेपछि थप ल्यााउने काम रोकिएको थियो । निकुञ्जको पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी अर्ना र बाह्रसिंगे राखिएको छ ।  सरकारले प्रजाती संरक्षण र विस्तारका लागि वन्यजन्तु स्थानान्तरण गर्दै आएको छ । यहाँ कोशीबाट अर्ना ल्याइएको छ भने यहाँका एकसिंगे गैंडा बर्दिया र शुक्लाफाँटा स्नानान्तरण गरिएको छ । 

–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu