ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्वास्थ्यकर्मी सुरक्षा सम्बन्धी अध्यादेश जारी गर्न चिकित्सक संघको अनुरोध


एबीसी / संवाददाता
२३ जेष्ठ २०७८, आइतबार   ३ : १८   बजे

काठमाडौं जेठ २३ गते
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश तत्कल जारी गर्न अनुरोध गरेको छ।

संघले यस अघि २०७८ जेठ १६ गते आइतबार सरकारलाई सात दिनको अल्टिमेटम दिएको थियो।

सो अल्टिमेटमको समयाबधि आज सांझ सम्म रहेको छ।

सरकारले मन्त्रीपरिषद्बाट स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

महामारीको बीचमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐनको आवश्यकतालाई बोध गरेर तत्काल यो अध्यादेश जारी हुनेमा संघ अधैर्य भएर प्रतिक्षा गरिरहेको महासचिव डा बद्रि रिजालले बताए।

‘सरकारलाई दिएको साता लामो अल्टिमेटम सकिएको अवस्थामा अध्यादेशको प्रतिक्षा गर्नु वाञ्छनीय देखिएकोले अध्यादेशपछि थप धारणा सार्वजनिक गर्ने जानकारी गराउँछौं,’ उनले भने।

एक वर्षभन्दा लामो समयदेखि जारी कोरोना महामारीको कठीन परिस्थितिमा घरपरिवारबाट टाढै रहेर, ज्यान जोखिममा राखेर सेवा प्रवाह गरिरहँदा केही अराजक व्यक्ति वा समुहबाट हुने गतिविधिले कतिपय अवस्थामा स्वास्थ्यकर्मीको मनोवल कमजोर पारिरहेको डा। रिजाल बताउँछन्।

‘महामारीमा सेवा सुनिश्चितताका लागि सरकारी र आम नागरिक स्तरबाट पनि चिकित्सक तथा स्वास्थ्यकर्मीको सुरक्षा एवं मनोवल बृद्धिमा महत्वपूर्ण भूमीका अपेक्षित छ,’ डा। रिजालले भने, ‘ एकातिर सरकारले महामारीको बीचमा अध्यादेशमार्फत् सार्वजनिक गरेको बजेटमा स्वास्थ्य क्षेत्रका लागि कम्तिमा १० प्रतिशत विनियोजन हुन नसक्नु आफैमा दुर्भाग्यपूर्ण छ।’

चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथिको आक्रमणको घटना रोकिएका छैनन्।अघिल्ला सातामा विराटनगर, नेपालगञ्जमा चिकित्सक तथा स्वाथ्यकर्मीमाथिका आक्रमणका घटना पछि नेपाल चिकित्सक संघले तत्काल स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी कानून तत्काल जारी गर्न माग गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको माग गर्दै आन्दोलन

एमालेकै कारण प्रदेश सरकार ढल्यो, कांग्रेस, सभापति पुन, लुम्बिनी प्रदेश , भिडियो

सम्बन्धित

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

डडेल्धुरामा जिप दुर्घटना: दार्चुलाका २ जनाको मृत्यु, ३ जना घाइते

विष्णु पौडेललाई साधारण तारेखमा छाड्न विशेष अदालतको आदेश

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu