काठमाडौं, २३ जेठ । डेनमार्क सरकारले १४ लाख डोज कोरोना विरुद्धको एस्ट्राजेनिकाको खोप नेपाललाई प्रदान गर्ने भएको छ ।डेनमार्कले कोरोना विरुद्धको १४ लाख डोज खोप प्रदान गर्ने जानकारी सहितको पत्र स्वास्थ्य सेवा विभागलाई पठाएको विभागको आपूर्ति व्यवस्थापन महाशाखाका प्रमुख भीमसिंह तिंकरीले जानकारी दिनुभयो। खोप ल्याउनका लागि सहजीकरण गरिदिन विभागका महानिर्देशकले शनिबार साँझ नै युनिसेफलाई पत्राचार गरिसकेको पनि उहाँले बताउनुभयो । यो कोभ्याक्स अन्तर्गतको भने नभएको उहाँले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस्