काठमाडौं, २३ जेठ । प्रदेश २ सरकारका चार मन्त्री र राज्यमन्त्री बर्खास्त भएका छन् । मुख्यमन्त्री लालबाबु राउतले जसपाको महन्थ ठाकुर पक्षमा लागेका चार मन्त्रीलाई बर्खास्त गर्नुभएको छ । बर्खास्त हुनेमा भौतिक पुर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनाल, राज्यमन्त्री डिम्पल कुमारी झा, उद्योग वन तथा पर्यटन राज्य मन्त्री सुरेश मण्डल र सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा छन् । जसपा विभाजनका कारण उहाँहरु कारवाहीमा पर्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्