ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओलीको प्रस्तावबारे छलफल गर्दै खनाल–नेपाल पक्ष : एकता हुन गाह्रो– सदस्यहरू


एबीसी / संवाददाता
२४ जेष्ठ २०७८, सोमबार   ६ : ४९   बजे

काठमाडौं, २४ जेठ । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आइतबार राखेको प्रस्तावबारे छलफल गर्न खनाल–नेपाल पक्षले स्थायी कमिटी बैठक बोलाएको छ।
वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षले ओलीको प्रस्तावलाई कसरी लिने भनेर निर्णय गर्न स्थायी कमिटी बैठक बोलाएको हो।

अहिले हामी केही बोल्दैनौं। यसबारे सामूहिक धारणा बनाउँछौं,’ खनाल(नेपाल निकट नेता भिम रावलले भन्नुभयो , ‘सोमबार स्थायी कमिटी बैठक बोलाएका छौं। त्यसले नै धेरै कुरा निर्धारण गर्छ।’

यसअघि खनाल-नेपाल पक्षका नेताहरूसँग भएको अनौपचारिक छलफलमा समेत ओली पक्षले २०७५ जेठ २ मा फर्किन कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको थियो।

ओलीले आइतबार निकालेको वक्तव्यमा त्यही सर्त दोहोर्‍याउनुभएको छ । खनाल(नेपाल पक्षले देउवाको पक्षमा गरिएको हस्ताक्षर फिर्ता लिन नसकिने स्पष्ट पारिसकेको छ।

खनाल(नेपाल पक्षको केन्द्रीय कमिटी बैठकमा समेत हस्ताक्षर फिर्ता लिने ओलीको सर्त पूरा गर्न नसकिने धारणा आएको खनाल-नेपाल पक्षीय एक केन्द्रीय सदस्यले बताउनुभयो । ‘ओली कामरेडले भनेका अरू विषय सकारात्मक छन्। तर अदालतमा गइसकेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त अलि खतरनाक छ। उहाँले फेरि पनि एकतालाई दाउपेचका रूपमा लिएको स्पष्ट भएको छ,ु ती केन्द्रीय सदस्यले भन्नुभयो ‘उहाँले प्रतिनिधिसभा विघटन गर्नु गलत थियो भनेर आफूले गरेको निर्णय फिर्ता लिनुभयो भने हाम्रो हस्ताक्षरबारे सोच्न सकिन्छ। किनकि, हामीले संसद जोगाउन खोजेको हो। जसरी पनि संसद जोगिनुपर्‍यो।’

अर्का एक केन्द्रीय सदस्यले अदालतको फैसला स्वीकार्ने गरी ओलीको प्रस्ताव स्वीकार्न सकिने बताउनुभयो । ‘स्थायी कमिटीका कमरेडहरूले यसबारे अन्तिम निर्णय गर्नुहोला। अदालतमा बुझाइएको हस्ताक्षरलाई एकताका लागि सर्त बनाउनु हुँदैन भन्ने हो,’ ती केन्द्रीय सदस्यले भन्नुभयो, ‘प्रतिनिधिसभा विघटन र सांसदहरूको हस्ताक्षरलाई कमिटीका बैठकमा छलफल गरेर निर्णय लिन सकिन्छ।’

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार ६ बुँदे प्रस्ताव राख्दै पार्टी एकताका लागि आह्वान गर्नुभएको छ ।

उहाँले खनाल–नेपाल समूहले प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा दायर रिटमा गरेको हस्ताक्षर फिर्ताको माग गरेका छन्। त्यसो भए आफू जेठ ३ अघिको कमिटीमा फर्कन तयार रहेको ओलीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group