ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकप छनोट : नेपाल र जोर्डन भिड्दै


एबीसी / संवाददाता
२४ जेष्ठ २०७८, सोमबार   ६ : ५८   बजे

काठमाडौं, २४ जेठ ।  सन् २०२२ मा हुने फिफा विश्वकप तथा एसियन कप २०२३ को संयुक्त छनोटअन्तर्गत नेपालले आज जोर्डनको सामना गर्दै छ । नेपाली समयानुसार राति ९ः४५ बजेबाट सुरु हुने उक्त खेल कुवेतको जाबेर अहमद अन्तर्राष्ट्रिय रङ्गशालामा हुनेछ ।

यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्ने दाउमा हुनेछ । खेलको पूर्वसन्ध्यामा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले जोर्डन नेपालभन्दा बलियो टोली रहेपनि मैदानमा जित निकाल्ने लक्ष्य आफूहरूको रहेको बताए ।

‘धेरैले जोर्डनविरुद्ध कुनै पनि मौका नभएको बताएका छन् तर हरेक खेल ०–० बाट सुरु हुन्छ’, उनले भने, ‘नतिजा मैदानमा गरिएको प्रदर्शनमा निर्भर हुन्छ । हाम्रो लक्ष्य भनेको सुरुआतबाटै जिततर्फ हुनेछ ।’

यसअघि बिहीबार राति चाइनिज ताइपेईविरुद्धको खेलमा सुखद नतिजा निकालेको नेपाल सोही मनोबलका साथ मैदान उत्रिनेछ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित छ ।

छनोट चरणको प्रतिस्पर्धाका लागि कुवेत प्रस्थान गर्नुअघि नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । जसमा ६–२ ले पराजित नेपाल स्तब्ध भएको थियो । समूह ‘बी’ मा दोस्रो स्थानमा रहेको नेपालले ६ खेलबाट ६ अङ्क जोडेको छ ।

जोर्डन भने १० अङ्कका साथ तेस्रो स्थानमा छ । उसले नेपालभन्दा एक खेल कम खेलेको छ । शीर्ष स्थानमा अपराजित रहेको अस्ट्रेलिया छ भने दोस्रो स्थानमा कुवेत छ । अस्ट्रेलियासँग १५ अङ्क भने कुवेतसँग १० अङ्क छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

सम्बन्धित

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फाइनल अतिरिक्त समयमा : स्पेनको एकतर्फी दबाब, अर्जेन्टिना १० खेलाडीमा सीमित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu