ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचथरमा आगलागीले तीन घाइते


एबीसी / संवाददाता
२५ जेष्ठ २०७८, मंगलबार   ११ : ३३   बजे


काठमाडौँ, २५ जेठ
पाँचथरको फिदिममा गएराति आगलागीमा परी एकै घरका तीन जना घाइते भएका छन् । पाँचथरको फिदिम नगरपालिका–४ जोरसालका दीननाथ सापकोटाको घरमा आगलागी हुँदा ७२ वर्षीया तनमाया, ४९ वर्षीय दीननाथ र ३१ वर्षीय मदन सापकोटा घाइते भएका हुन् ।

खाना पकाउने ग्याँस चुहिएर अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आगलागीमा तनमायाको शरीरका विभिन्न भाग जलेका छन् । यस्तै दीननाथको बायाँ हात र खुट्टा तथा मदनको दायाँ हात र पेट जलेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी डम्बर विश्वकर्माले जानकारी दिनुभयो । घाइतेलाई जिल्ला अस्पताल फिदिम भर्ना गरिएको छ । आगलागी सुरक्षाकर्मी र स्थानीयवासीले समयमै नियन्त्रणमा लिँदा अन्य क्षति भने नभएको प्रहरीले जनाएको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu