ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

म्याग्दीमा जथाभावी सडक खन्दा पहिरो


एबीसी / संवाददाता
२६ जेष्ठ २०७८, बुधबार   ८ : ५८   बजे


म्याग्दी, २६ जेठ :
जिल्लाको मङ्गला गाउँपालिका–५ अर्मनमा जथाभावी खनिएको सडकका कारण पहिरो सिर्जना भएको छ । सडक विस्तार गर्दा खनिएको माटोको सुरक्षित व्यवस्थापन नगर्दा अर्मनको हाँडेभिर बस्ती पहिरोको जोखिममा परेको हो ।

पोकबाट नेटा–अर्मन–किमचौर हुँदै बागलुङको ताराखोला जोड्ने सडक विस्तारका क्रममा नेटाखण्डको पाखोमा फालिएका ढुङ्गा–माटोले हाडेभिरको बस्ती, स्वास्थ्यचौकी जोखिममा पर्नुका साथै खानेपानीको मुहान, सिँचाइको नहर र खेतीयोग्य जमिन पुरिएको छ ।

पहिराले खिमबहादुर रोका, कर्णबहादुर रोका, रनवीर रोकासहित हाडेभिरका सात घर उच्च जोखिममा परेका छन् । माथिल्लो हाडेभिर खोल्लाका दलबहादुर थापाका परिवार सडकबाट आएको पहिरोले यसअघि नै विस्थापित भएका थियो । स्थानीयवासी अस्तमान घर्तीले सडक विस्तारका लागि स्काभेटरले पहाड खन्न थालेसँगै पहिरो सक्रिय भएको बताउनुभयो ।

“बाह्र वर्षअघि सडक खन्दा मेरो १० रोपनी पाखोबारी पहिरोमा परिणत भएको थियो”, उहाँले भन्नुभयो, “अहिले फेरि सडक फराकिलो बनाउन खनेको माटो पाखोमा फालिँदा पहिरो चलेर उठिबास लगायो ।” चालु आर्थिक वर्षमा प्रदेश सरकारअन्तर्गतको पूर्वाधार विकास कार्यालयले नेटा–अर्मन–किमचौर हुँदै ताराखोला जोड्ने सडक स्तरोन्नतिका लागि त्रिशक्ति–श्रमजीवी जेभीसँग रु ८१ लख ४६ हजार ६५६ मा ठेक्का सम्झौता गरेको थियो ।

पूर्वाधार कार्यालय र निर्माण व्यवसायीको लापरवाहीका कारण पाखो खनेर बस्तीतर्फ माटो फालिँदा पहिरो चल्न थालेको हाँडेभिरका बासिन्दा चित्रकला सापकोटाले बताउनुभयो । “सडक खन्दा निस्कने माटो एक किलोमिटरसम्म टाढा लगेर व्यवस्थापन गर्ने सम्झौता कार्यान्वयनमा सम्बद्ध कार्यालय र निर्माण व्यवसायीले चासो देखाएका छैनन्”, उहाँले भन्नुभयो, “डोजरले पहाडको भित्ता कोपरेर पाखाभरि माटो फाल्दा रुख, बिरुवा र बारीमा लगाएको खेतीबाली मासिएको छ ।”

पाखोमा पालिएको माटो आकाशबाट पानी पर्नासाथ पहिरो बनेर बग्न थालेको हो । पहिराले ३५ घरधुरीले उपभोग गर्ने खानेपानी आयोजना र आठ हेक्टर क्षेत्रफलमा सिँचाइ गर्ने नहर पुरेपछि धानको ब्याड राख्न नपाएको स्थानीयवासी हर्कबहादुर रोकाले बताउनुभयो । “मुहान पुरिएपछि खानेपानी आपूर्ति भएको छैन”, उहाँले भन्नुभयो, “नहर पनि पहिराले पुरिएकाले हाडेभिर र काँशेबगरमा धानको ब्याड राख्न समस्या भएको छ ।”

निर्माण व्यवसायी प्रकाश बानियाँले सम्झौतामा उल्लेखित एक किलोमिटर क्षेत्रभित्र माटो व्यवस्थापन गर्न ठाउँ नपाएको पनी बताउनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu