ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालबालिकामा कोरोना भ्याक्सिनको परीक्षण फाइजरले सुरु गर्दै :नतिजा सेप्टेम्बरसम्ममा


एबीसी / संवाददाता
२६ जेष्ठ २०७८, बुधबार   ३ : २८   बजे

काठमान्डौ जेठ २६
विश्वमा अलिलेसम्म कोरोनाविरुद्धका धेरै खोप परीक्षण गरिए र लगाइए पनि। ती खोप वयस्क र किशोरका लागि मात्र स्विकृत भएका थिए।
तर अब भने १२ वर्षमूनिका बालबालिका लागि खोपको परीक्षण गर्न थालिने भएको छ।

अमेरिकाको फाइजर कम्पनीले चाँडै आफूहरु १२ वर्ष मूनिका बालबालिकामा खोपको परीक्षण गर्ने बताएका छन।

कम्पनीले पहिलो चरणमा सीमित बालबालिकालाई फाइजरको अलगअलग डोज दिने तयारी पूरा गरेको पनि जनाएको छ।

यसका लागि चार देश(अमेरिका, फिनल्याण्ड, पोल्याण्ड र स्पेनमा ९० भन्दा बढी क्लिनिकल र ४ हजार ५ सय भन्दा बढी बालबालिकाको चयन गरिने भएको छ।

फाइजरले यसै साताबाट ५ देखि ११ वर्षका बालबालिकामा परीक्षण सुरु गर्ने बताएको छ। यो उमेर समूहका बालबालिकालाई १० माइक्रोग्रामको दुई डोज खोप दिने तयारी कम्पनीको छ। जो किशोर र वयस्कलाई दिइने डोजको एक तिहाइ हो।

फाइजरले ६ महिनामाथिकालाई पनि खोपको क्लिनिकल ट्रायल गर्ने तयारी गरेको छ। उसले ६ महिनादेखि ५ वर्षसम्मकालाई तीन माइक्रोग्रामको डोज दिने तयारी गरेको छ।

फाइजरका प्रवक्ताले सेप्टेम्बरसम्ममा यसको नतिजा आइपुग्ने बताए।

१२ वर्षभन्दा माथिकालाई भने यसअघि नै कम्पनीले प्रयोगको अनुमति दिइसकेको र वयस्कलाई दिइने डोज अर्थात ३० माइक्रोग्राम दिइँदै आएको जनाइएकोछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu