ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बूढानीलकण्ठमा १९ सयले लगाए खोपः बिहीबारको कार्यक्रम स्थगित


एबीसी / संवाददाता
२६ जेष्ठ २०७८, बुधबार   १० : ३१   बजे

काठमाडौं, २६ जेठ ।   बूढानीलकण्ठ नगरपालिकाले आज एक हजार ९०८ जनालाई कोरोना भाइरसविरुद्धको खोप लगाएको छ । तिनमा महिला ९९६ र पुरुष ९१२ छन् । चाइनिज भेरोसेल खोप आवश्यक मात्रामा आपूर्ति हुन नसकेपछि बिहीबार हुने कार्यक्रम अनिश्चितकालका लागि स्थगन भएको प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।

मङ्गलबारदेखि शुरु भएको खोप कार्यक्रममा सो दिन एक हजार ४०९ जनाले लगाएका थिए । जिल्ला स्वास्थ्य कार्यालय, काठमाडौंँले मागअनुसारको खोप उपलब्ध गराउन नसकेपछि यही जेठ २७ गतेको निर्धारित खोप कार्यक्रम स्थगन गर्ने निर्णय गरिएको नगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख कुमारप्रसाद दाहालले जानकारी दिनुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ को बैठकले जेठ २५ देखि २७ गतेसम्म ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई चाइनिज भेरोसेल खोपको पहिलो मात्रा दिइने निर्णय गरेको थियो । सोहीअनुरूप बूढानीलकण्ठ नगरपालिकाले तीन केन्द्रबाट सोमबार, मंगलबार र बुधबार खोप कार्यक्रम सञ्चालन गरेको थियो । नगरपालिकाका जनस्वास्थ्य महाशाखा प्रमुख दाहालका अनुसार वडा नं २ स्थित गणेश माध्यमिक विद्यालय, वडा नं. ९ स्थित नेशनल आइडियल बोर्डिङ स्कूल, मण्डिखाटार र वडा नं १० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयको खोप केन्द्रबाट दुई दिनमा ९९६ पुरुष र ९१२ महिलालाई खोपको पहिलो मात्रा उपलब्ध गराइएको छ । खोपको आवश्यक कति मात्रा उपलब्ध हुन नसकेको हो भन्नेबारे भने नगरपालिकाले केही प्रष्ट पारेको छैन ।
यसअघि नगरपालिकाका दुई हजार ९०७ महिला र दुई हजार ६१३ पुरुष गरी कुल पाँच हजार ५२० जनालाई कोभिशिल्डको पहिलो मात्रा उपलब्ध गराइएको थियो । आफ्नै देशभित्र फैलिएको महामारीका कारण भारतले यो खोपको निर्यात बन्द गरेपछि दोस्रो मात्रा दिने समयसीमा घर्किनै लाग्दा पनि अन्योल यथावत् छ ।

संक्रमणबाट थप एकको मृत्यु

कोरोना भाइरस संक्रमणबाट नगरपालिका क्षेत्रमा आज थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं १ का एक पुरुष रहेको जनस्वास्थ्य महाशाखा प्रमुख दाहालले पुष्टि गर्नुभयो । यससँगै नगरपालिका क्षेत्रमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २० पुगेको छ जसमा आठ महिला र १२ पुरुष छन् ।

नगरपालिका क्षेत्रमा संक्रमितका नयाँ केस भेटिने क्रम यथावत् छ । बुधबार १७ महिला र २२ पुरुष गरी ३९ संक्रमित भएको नगरपालिकाको नियमित बुलेटिनमा उल्लेख छ । एकचालीस जना भने पछिल्लो २४ घण्टामा कोरोना जित्न सफल भएका छन् । यससँगै नगरपालिका क्षेत्रमा कोरोना जित्नेको संख्या एक हजार ८७८ र सक्रिय संक्रमितको संख्या ४२५ भएको छ । सक्रिय संक्रमितमध्ये ३८२ जना होमआइसोलेशन र ४३ जना विभिन्न अस्पतालमा उपचाररत रहेको नगरपालिका वडा नं १०का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बागमती सरकारमा पार्टीकोतर्फबाट सहभागी मन्त्रीहरूलाई राजीनामा दिन एमालेको निर्देशन

आज पनि मुसलधारे पानी पर्ने : २३ जिल्लामा उच्च जोखिम

सम्बन्धित

वर्षाले विभिन्न राजमार्ग प्रभावित, केही सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

नारायणगढ–मुग्लिन सडक खण्डमा दुई बस ठोक्किए, सडक फेरि अवरुद्ध

विपद् व्यवस्थापनमा आवश्यक परे निजी क्षेत्रसँग सहयोगको आग्रह गरिने

मनसुनको उच्च जोखिम: शनिबार–आइतबार रातिको यात्रा नगर्न प्राधिकरणको आग्रह

सिंहदरबार अगाडि घण्टी बजाएर विरोध

वैशाखयता विपद्‍मा १६४ जनाको मृत्यु, ४५ सय परिवार प्रभावित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu