काठमाडौं, २७ जेठ । ताप्लेजुङमा जबर्जस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । उक्त अभियोगमा बुधबार फुङ्लिङ नगरपालिका—९ बस्ने वर्ष २२ दावा शेर्पा पक्राउ परेका हुन् । फुङ्लिङ नगरपालिका—४ बस्ने १६ वर्षीय बालिकालाई करणी गरी गर्भ बोकाई करकापमा पारी गर्भपतन गराउन बाध्य बनाएको जिल्ला प्रहरी कार्यलयका प्रवक्ता कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्