ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बोलेरो जीप दुर्घटनामा एकको मृत्यु, तीन घाइते


एबीसी / संवाददाता
३० जेष्ठ २०७८, आइतबार   ८ : ५७   बजे


काठमाडौं, ३० जेठ ।   जिल्लाको ताप्ली गाउँपालिका–४ स्थित पोखरीडाँडाको भित्री कच्ची सडकखण्डमा बोलेरो जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यलय उदयपुरका अनुसार शनिबार साँझ ८ बजेतिर सिरहाको लहानबाट छुटेको बा१८च१५६७ नंको बोलेरोमा सवार चारमध्ये एक जनाको मृत्यु भएको हो । दुर्घटनामा मृत्यु हुने सिन्धुलीको दुधौली नगरपालिका–१० का ६० वर्षीय इन्द्रबहादुर विक रहेको प्रहरीले जनाएको छ ।

अन्य घाइतेमा कटारी नगरपालिका–१० का चालक ३५ वर्षीय डाकनारायण श्रेष्ठ, ताप्ली–४ का ३० वर्षीय झगरबहादुर सार्की र ताप्ली–४ कै २६ वर्षीय डम्बरबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ । शनिबार बेलुकी ८ बजेतिर ताप्लीको पोखरीडाँडाको भित्री कच्ची सडकमा नियन्त्रण गुमाएर बोलेरो जीप सडकबाट २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यलय उदयपुरका प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

घटनालगत्तै इलाका प्रहरी कार्यलय कटारी र ताप्ली प्रहरी चौकीबाट उद्धारका लागि पुगेका प्रहरीले घाइते तीन जनालाई कटारी अस्पतालमा लगेर उपचार गराउन शुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

सम्बन्धित

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

सुनसरी घटना : सबैको कम्मरमाथि गोली लागेको छ– घाइतेका बुबा

परिस्थिति नियन्त्रण बाहिर गएपछि सुनसरीमा सेना ब्यारेकबाट निस्कियो

सुनसरीको देवानगन्ज र हरिनगरमा निषेधाज्ञा : २४ वर्षीय युवकको मृत्यु भएपछि सुरक्षा व्यवस्था कडा

देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

साउनको दोस्रो सोमबारः पशुपतिनाथमा बिहानैदेखि भक्तजनको भीड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu