ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सातवटै प्रदेशले आज बजेट प्रस्तुत गर्दै


एबीसी / संवाददाता
१ असार २०७८, मंगलबार   ९ : ४०   बजे

काठमाडौँ, १ असार । देशका सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउदै छन् । देश संघीय संरचनामा गएपछि प्रदेश सरकारहरुले तेस्रोपटक बजेट ल्याउन लागेका हुन् । प्रदेश सरकारले असार १ गते नै बजेट ल्याउनुपर्ने कानूनी व्यवस्था छ ।

अन्तर सरकारी वित्त व्यवस्थापन ऐनले प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने व्यवस्था गरेको छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ । यसपटकको बजेटमा प्रदेश सरकारहरुले चालू वर्षमा विनियोजन गरिएको बजेटको अंक १० प्रतिशत बढीले घटाउँने तयारी गरेका छन् । सबैतिर स्रोत खुम्चेको कारण प्रदेश सरकारलाई पनि बजेट घटाउनुपर्ने बाध्यता आएको हो । संघीय सरकारले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा प्रदेश सरकारलाई दिने अनुदान साढे ९ अर्ब रुपैया घटाएका छन् ।

संघीय सरकारले नै यस वर्ष प्रदेश सरकारलाई दिने अनुदान घटाएको छ। प्रदेशहरुलाई पनि आगामी आर्थिक वर्षको बजेट घटाउनुपर्ने बाध्यता छ। संघीय सरकारले प्रदेशको लागि चालू वर्षमा १ खर्ब १ अर्ब ५४ करोड रुपैयाँ विनियोजन गरेको थियो । आगामी आर्थिक वर्षमा भने ९१ अर्ब ५४ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ ।

प्रदेश सरकारहरुले कृषि, रोजागारी सिर्जना, स्वास्थ्य (कोभिड नियन्त्रण) सहितका कामलाई प्राथमिकतामा दिएर बजेट ल्याउने तयारी गरेका छन् । प्रदेश सरकारहरुले यसअघिका दुई आर्थिक वर्षमा विनियोजन गरेको बजेट पूर्ण क्षमतामा खर्च गर्न सकेका छ्रैनन् । जसको सर्वत्र आलोचनासमेत हुदै आएको छ । संघीय राजधानीसमेत रहेको बागमती र गण्डकी प्रदेश सरकार गत वर्ष भन्दा बजेटको आकार केही बढाउने तयारी गरेका छन् । बागमतीले चालू वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँ वृद्धि गरेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश १, २ र कर्णाली प्रदेश सरकारले भने गत वर्षभन्दा बजेटको आकार केही घटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group