ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिन्धुपाल्चोकको हेलम्बुमा पहिरो


एबीसी / संवाददाता
१ असार २०७८, मंगलबार   १० : ०७   बजे

काठमाडौं, १ असार । अविरल वर्षापछि आएको पहिरोका कारण सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको अम्बाथान क्षेत्रमा पहिरो गएको छ ।

केही भौतिक संरचना बगाएको हुनसक्ने भनिएको छ ।सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले क्षतिको खबर आए पनि यकिन विवरण आइनसकेको बताउनुभयो । उहाँका अनुसार बाढीले क्षति पुर्याएको ठाउँ पहाडी क्षेत्रमा पर्छ ।

‘केहिवेर अघिसम्म भागाभाग थियो, अहिले प्रहरी र जनप्रतिनिधिमार्फत विवरण संकलन गर्ने प्रयास भइरहेको छ’ पोखरेलले भन्नुभयो , ‘त्यहाँ रहेको केही ट्राउट फर्म बगाएको भनिएको छ, अन्य क्षति पनि भएको हुनसक्छ ।’यसैबीच मेलम्ची नगरपालिकाको चनौटे बजार पनि जलमग्न भएको छ । यद्यपि पूर्वतयारी गरिएका कारण हालसम्म कुनै क्षति नभएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो । राति पहिरो गएकाले अहिलेसम्म त्यहाँ भएको क्षतिको आँकलन हुन सकेको छैन । पहिरोले मेलम्चीको आयोजनाको सुरुङमा क्षति पुगे/नपुगेको पनि एकिन हुन नसकेको बताइएको छ ।

यस्तै सिन्धुपाल्चोककै इन्द्रावती नदीमा पानीको बहाब उच्च बढेर अहिले ठुलो बाढी आएको छ । नदीमा पानीको सतह बढ्दा काभ्रे र सिन्धुपाल्चोकको सीमानामा रहेको दोलालघाट बजारमा डुबानको जोखिम बढेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीमा बेपत्ता शिवको शव भेटिएन, कुशको आकृति बनाएर गरियो अन्तिम संस्कार

रास्वपा सचिवालय बैठक बस्दै

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu