ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभर बाढी पहिरो: उद्धारमा जुट्न वन उपभोक्ता महासंघको आग्रह


एबीसी / संवाददाता
२ असार २०७८, बुधबार   ६ : ५८   बजे


काठमान्डौ २ असार:
सामुदायिक वन उपभोक्ता महासंघ नेपालले अविरल वर्षका कारण भइरहेको बाढी, पहिरो र डुबानका कारण जनधनको क्षति भएको अवस्थामा सहयोगमा जुट्न महासंघका पदाधिकारी र सम्बद्ध सबैमा आग्रह गरेको छ ।
महासंघका अध्यक्ष भारती पाठकले आज विज्ञप्ति जारी गर्दै संघ, प्रदेश र स्थानीय तहका सरकारबाट विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा ध्यान दिँदै जोखिममा परेका समुदायलाई सुरक्षित स्थानमा लगेर गाँस, बास तथा स्वास्थ्य सुरक्षाको प्रबन्ध मिलाउन र थप जोखिमबाट बचाउन अनुरोध गर्नुभयो । महिला बालबालिका, गर्भवती, अशक्त र विपन्न वर्गलाई विशेष प्राथमिकताका साथ राहत, उद्धार र पुनःस्थापनाका लागि पनि महासंघले अपिल गरेको छ ।
देशभरका २२ हजारभन्दा धेरै सामुदायिक वन उपभोक्ता समूहले विपद्का समयमा राहत, उद्धार र पुनःस्थापनामा जुट्न आग्रह गर्दै विज्ञप्तिमा कोरोनासँगै प्राकृतिक विपद्का सम्भावित घटनाबाट सचेत रहन सञ्चारमाध्यम, सामाजिक सञ्जालमार्फत व्यापक सचेतीकरण अभियानमा लाग्न र समुदायका यूवा परिचालन गर्न महासंघका सवै संरचना तथा सरोकारवालालाई समेत सक्रिय सहयोगमा जुट्न आव्हान गरिएको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको सम्भावित जोखिमवाट प्रभावित सूचि अनुसार २३ जिल्लाका १७ लाख स्थानीय समुदाय बाढीबाट प्रभावित हुने र २६ जिल्लाका १ लाख २० हजार स्थानीय समुदाय पहिरोबाट प्रभावित हुने अनुमान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group