ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशभरबाढी पहिरोका कारण ५ जनाको मृत्यु, १९ बेपत्ता (कहाँ कति क्षति हेर्नुहोस फोटोमा)


एबीसी / संवाददाता
२ असार २०७८, बुधबार   ९ : ४५   बजे

काठमाडौं, २ असार । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो ।

विभिन्न जिल्लाबाट बुधबार साझ ८ बजे बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक र मनाङमा भएको छ । बाढी तथा पहिरो प्रभावित क्षेत्रमा विद्युत् सेवा पनि अवरुद्ध भएको छ । ठाउँठाउँमा पनि सडक पनि अवरुद्ध भएका छन् ।

मेलम्ची बजारमा इन्द्रावती नदीले गरेको डुवान ।

मनसुनको सुरुवातमै ठूलो क्षति भएपछि गृह मन्त्रालयमा विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समितिको आकस्मिक बैठक बसेको छ । र, खोज, उद्दार तथा राहतमा सबै संयन्त्रलाई परिचालन हुन निर्देशन दिएको छ ।बुधबारै प्रधानमन्त्रीको अध्यक्षतामा हुने विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन परिषद्को बैठक पनि बसेको छ ।

कहाँ–कहाँ क्षति पुग्यो ?

गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालका अनुसार सिन्धुपाल्चोकमा बुधबार दुई जनाको शव भेटिएको छ । यद्यपि सनाखत भइसकेको छैन । थप १६ जनाको अवस्था अज्ञात रहेको उहाँले बताउनुभयो । सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालका अनुसार बेपत्तामध्ये ६ जनाको परिचय खुलेको छ । उनका अनुसार हेलम्बु–२ का ३१ वर्षीय माधव भण्डारी, ४२ वर्षीय गणेश ज्योति, वडा नं। ३ का ६६ वर्षीय टिकामाया खड्का, वडा नं। ७ का ५५ वर्षीय ज्ञानेन्द्र कक्षपति, वडा नं। ६ का ५० वर्षीय च्याङा तामाङ र चौताराका २३ वर्षीय सुरेन्द्र नेपालको अवस्था अज्ञात छ । अन्यको पहिचान खुलिसकेको छैन ।गए रातिदेखि परेको अविरल वर्षाका कारण मेलम्ची नदी थुनिएपछि बाँध फुटेर बाढी र पहिरो आएको खनालले बताउनुभयो । त्यसक्रममा पानीमा फसेका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतले ६० जनाको उद्दार गरेका छन् ।

बाढीपछि डुवानमा परेको मेलम्ची बजार ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घरको छतमा फसेका ४ जनालाई ‘एयर लिफ्ट’ गरेर सुरक्षित स्थानमा लगिएको थियो । सिन्धुपाल्चोकको प्रभावित क्षेत्रमा सभामुख अग्निप्रसाद सापकोटा र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ पनि निरीक्षणका गर्नुभएको थियो । बाढीले अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु पनि डुबानमा परेका छन् । बाढीका कारणले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने यकिन भइसकेको छैन ।

जिल्ला प्रहरी कार्यालय, मनाङले जनाएअनुसार बाढीमा परेर ५३ घरमा पूर्ण र २६ मा आंशिक क्षति पुगेको छ । जिल्लाको चामे र ताल बजार क्षेत्र डुबानमा पर्दा करिब एक हजार जना प्रभावित भएका छन् ।

प्रभावितको उद्दारमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाल रेडक्रस सोसाइटी लगायतको टोली खटिएको थियो । गृहमन्त्री खगराज अधिकारीले नेपाली सेनाको एमआई–१७ हेलिकोप्टरमार्फत राहत सामग्री पठाउन र उद्दार गर्न निर्देशन दिनुभएको थियो । तर प्रतिकुल मौसमका कारण हेलिकप्टर जान सकेन ।

मनाङको चामे ।
मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार प्रभावितलाई नयाँ बन्दै गरेको कारागार कार्यालयमा सारिएको थियो । उहाँकाअनुसार नासोँ गाउँपालिकाको कार्यालय भवन, इलाका प्रहरी कार्यालय, प्राइम र प्रभु बैंक रहेको भौतिक संरचनामा पनि क्षति पुगेको छ ।हाल प्रभावित क्षेत्रका वासिन्दा दुई समूहमा बाँडिएर सुरक्षित स्थानमा बसेका छन् ।

पाल्पा, बाजुरा र डोटीमा एकरएकजनाको मृत्यु

पाल्पाको रिब्दीकोट गाउँपालिका–४ मा पहिरोले घर पुरिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १९ वर्षीय मदन भट्टराई छन् । घरमा मदनकी आमा पनि थिइन् । उनको सकुशल उद्दार भएको छ । जिल्ला प्रहरी कार्यालय, बाजुराका अनुसार खोलाले बगाउँदा बूढीनन्दा नगरपालिका–३ की ३५ वर्षीया मोतीकला लुहारको मृत्यु भएको छ । त्रिवेणी नगरपालिका–५, किम्नीमा १२ वर्षीय बालक पनि बेपत्ता छन् । पहिरोमा परिएर डोटीको केआईसिंह गाउँपालिका–३ मा बुधबार बिहान एक जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् । ६० वर्षीय खडकबहादुर बमको घटनास्थलमै मृत्यु भएको हो । १६ वर्षीया पुनी कुँवर र १७ वर्षीया पूजा कुँवर घाइते भएका छन् ।

  • खानेपानी मुख्य लाइनमा क्षति पु¥याएपछि मर्मत गरिँदै तनहुँ, २ असार ः सोमबारदेखि परेको अविरल वर्षाका कारण व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिद्वारा वितरित खानेपानीको मेन लाइनको पाइपमा क्षति पुगेपछि मर्मत गर्दै संस्थाका प्राविधिकहरु । उक्त संस्थाले व्यास नगरपालिका–१ र १२ का गरी दुई हजार ५०० घरधुरीमा खानेपानी वितरण गर्दै आएको छ ।
  • ट्याक्टरबाट यात्रु तथा मोटरसाइकल ओसारियो तम्घास, २ असार ः मदन भण्डारी राजमार्ग अन्तरगत गुल्मीको इस्मा गाउँपालिकाको गुर्बा खोलामा लगातार परेको वर्षाबाट बुधबार बाढी आएपछि ट्याक्टरबाट मोटरसाइकल र यात्रु ओसारिदैँ ।
  • तम्घास, २ असार ः अस्थायी पुलबाट खोला तर्दै मदन भण्डारी राजमार्ग अन्र्तगत पर्ने गुल्मीको इस्मा गाउँपालिकाको गुर्बा खोलामा बाँसले बनाएको अस्थायी पुलबाट खोला तर्दै स्थानीय । स्थायी पुल नबन्दा यहाँका स्थानीय समस्यामा परेका छन् ।
  • पहिरोले चन्द्र प्रभा माध्यमिक विद्यालय जोखिममा निरन्तरको वर्षापछि आएको पहिरोले सन्धिखर्क ७ डिहीडाडा रहेको चन्द्र प्रभा माध्यमिक विद्यालय जोखिममा ।
  • जोखिमका बीच दाउरा सङ्कलन दमौली, २ असार ः तनहुँको व्यास नगरपालिका–३ स्थित मादीसेती नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्दै सर्वसाधारण । जोखिमका बाबजूद पनि स्थानीयवासी नदी किनारमा गई दाउरा सङ्कलन गर्न व्यस्त छन् । तस्वीर ः कृष्ण न्यौपाने, रासस जोखिमका बीच दाउरा सङ्कलन दमौली, २ असार ः तनहुँको व्यास नगरपालिका–३ स्थित मादीसेती नदीमा बाढीले बगाएर ल्याएको दाउरा सङ्कलन गर्दै सर्वसाधारण । जोखिमका बाबजूद पनि स्थानीयवासी नदी किनारमा गई दाउरा सङ्कलन गर्न व्यस्त छन् ।
  • काठमाडौँ २ असार ः सिन्धुपाल्चोक मेलम्चीमा बुधबार आएको बाढी ।
  • सिन्धुपाल्चोक,२ असार ः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ९ मेलम्ची बजारमा । मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार डुबान परेको मेलम्ची बजार ।
  • सिन्धुपाल्चोक,२ असार ः सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका वडा नं ११ मेलम्ची बजार । मंगलबारदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार डुबान परेको मेलम्ची बजारमा नेपाली सेनाको हेलिकप्टर आपतमा परेका नागरिकलाई उदार गर्दै ।
  • काठमाडौँ, २ असार । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी । बाढीले लाखौँको जनधनसहित केहि दर्जन मानिसहरु हराइरहेको छन् ।
  • काठमाडौँ, २ असार । सिन्धुपाल्चोकको मेलम्चीमा आएको बाढी । बाढीले लाखौँको जनधनसहित केहि दर्जन मानिसहरु हराइरहेको छन् ।
  • राजमार्ग खुलाउने प्रयास बलेवा, २ असार ः पहिरोले अवरुद्ध बागलुङ–पोखरा राजमार्ग अन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ ।
  • राजमार्ग खुलाउने प्रयास बलेवा, २ असार ः पहिरोले अवरुद्ध बागलुङ–पोखरा राजमार्ग अन्तर्गत पर्वतको अर्मादीमा सडक खुलाउने प्रयास गर्दै स्काभेटर । पहिरोका कारण हिजोदेखि सडक अवरुद्ध छ ।
  • बाढीले पाक्कीमा पुल क्षति बलेवा, २ असार ः काठेखोलामा आएको बाढीले क्षति पु¥याएको बागलुङ नगरपालिका– १ मालढुंगामा रहेको पक्की पुल क्षति । पुलमा क्षति पुगेसँगै जिल्लाको दक्षिण क्षेत्रमा सडक सम्पर्क टुटेको छ ।
  • पहिरोले दुई घर जोखिममा घर दमौली, २ असार ः निरन्तरको वर्षापछि आएको पहिराले जोखिममा परेको तनहुँको व्यास नगरपालिका–६ काˆलेफाँटका घर । पहिरोका कारण यहाँका दुई घर जोखिममा परेको छ ।
  • बेनी बजारमा कालीगण्डकीको कटान म्याग्दी, २ असार ः कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ ।
  • बेनी बजारमा कालीगण्डकीको कटान म्याग्दी, २ असार ः कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको सदरमुकाम बेनीमा गरेको कटान । कालीगण्डकीले नदी नियन्त्रणका लागि निर्माण गरिएको पर्खाल भत्काएपछि बेनी बजार कटानको उच्च जोखिममा परेको छ ।
  • बाढीले पुरिएको मेलम्ची बजार साँखु, २ असार ः हिजो साँझदेखि इन्द्रावती नदीमा आएको बाढीका कारण बुधबार बिहान पुरिएको मेलम्ची बजार । बाढीले चौतारा मेलम्ची वारपार गर्ने पक्की पुल, चन्द्र शमशेरको पालमा बनाइएको झोलुङ्गे पुल बाढीले बगाएको छ ।
  • दुई दिनपछि खुल्यो अवरुद्ध राजमार्ग बैतडी, २ असार ः सडक माथिबाट पहिरो खस्दा अवरुद्ध बनेको जयपृथ्वी राजमार्ग दुई दिनपछि सञ्चालनमा । बैतडीको खोडपेदेखि बझाङको चैनपुर जोड्ने उक्त राजमार्गको पुर्चौडी नगरपालिका– ६ स्थित ढोल्यामोडमा सडक माथिबाट पहिरो खस्दा सोमबार रातिदेखि अवरुद्ध बनेको थियो ।
  • बाढी सरसफाइ दमौली, २ असार ः पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकस्थित खहरे खोलामा आएको बाढी सरसफाइ गरिँदै । अनियन्त्रित खहरे खोलाका कारण त्यस ठाउँ जोखिममा पर्ने भएकाले आँबुखैरेनी गाउँपालिकाले बाढी नियन्त्रणका लागि सरसफाइ गरेको हो ।
तस्वीर रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group