काठमाडौँ, ३ असार । ४७औँ संस्करणको दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकामा साविक विजेता ब्राजिलले शुक्रबार ९भोलि० बिहान ५ः४५ बजे दोस्रो खेल खेल्दै छ । घरेलु मैदानमा जारी कोपा अमेरिकाअन्तर्गत ब्राजिलले दोस्रो खेलमा पेरुसँग खेल्न लागेको हो ।
ब्राजिलको रियो दि जेनेरियोमा हुने उक्त खेलमा घरेलु टिम दोस्रो जितको खोजीमा हुनेछ । यसअघि ब्राजिलले भेनेज्वेलामाथि ३–० गोलको सहज जित दर्ता गरेको थियो । पेरुले भने प्रतियोगितामा पहिलो खेल खेल्दै छ ।
त्यसअघि भोलि बिहान २ः४५ बजे कोलम्बियाले भेनेज्वलासँग खेल्दै छ । यस खेलमा कोलम्बिया दोस्रो तथा भेनेज्वला पहिलो जितको खोजीमा छ । कोलम्बियाले इक्वाडरमाथि १–० गोलको जित निकाल्दै प्रतियोगिताको थालनी गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्