ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वमा कोरोना : ब्राजिलमा बढ्दै, भारतमा घट्दै


एबीसी / संवाददाता
३ असार २०७८, बिहिबार   ८ : ५१   बजे

काठमाडौँ, ३ असार ।  विश्वमै महामारीको रूप लिएको कोरोना भाइरसको सङ्क्रमण ब्राजिलमा बढ्दै गइरहेको छ । तर भारतमा भने छट्दै छ ।

ब्राजिलमा पछिल्लो २४ घण्टाभित्र ८५ हजार आठ सय ६१ जना नयाँ सङ्क्रमित थपिएका छन् । ब्राजिलमा नयाँ थपिएको सङ्क्रमित सङ्ख्या विश्वका अन्य मुलुकमा एकै दिन थपिएका बिरामीभन्दा धेरै हो ।

कोरोना महामारी नियन्त्रणमा केही सफलता प्राप्त गरिरहेको ब्राजिलमा पछिल्लो समय फेरि सङ्क्रमण बढ्न थालेको छ । महामारी उत्कर्षमा पुग्दा एकै दिन एक लाख हाराहारीमा नयाँ बिरामी थपिने गरेका थिए ।

नियन्त्रणका क्रममा दैनिक ३० हजार हाराहारीमा झरेको सङ्क्रमण फेरि बढ्न थालेको हो । दैनिक ८५ हजारभन्दा बढीलाई सङ्क्रमण पुष्टि हुन थालेको छ ।

ब्राजिलमा हालसम्म एक करोड ७६ लाख २९ हजार सात सय १४ जनामा सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमितमध्ये एक करोड ६० लाख ३० हजार छ सय एक जना उपचारपछि निको हुँदै डिस्चार्ज भइसकेका छन् ।

एकै दिन ८५ हजार नौ सय ५५ जना बिरामी निको भए । ११ लाख पाँच हजार दुई सय ७६ जनाको उपचार जारी रहेकोमा आठ हजार तीन सय १८ जनाको अवस्था चिन्ताजनक छ ।

ब्राजिलमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि बढेको छ । पछिल्लो २४ घण्टाभित्र दुई हजार छ सय ७३ जनाको मृत्यु कोरोनाका कारण भयो । यो सङ्ख्या अन्य मुलुकमा मृत्यु भएका सङ्क्रमितको भन्दा अत्याधिक धेरै हो ।

ब्राजिलमा कोरोना महामारी चरम विन्दुमा पुग्दा एकै दिन तीन हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेको थियो । त्यो सङ्ख्या घटेर क्रमस एक हजार पाँच सयभन्दा तल झरिसकेको अवस्थामा फेरि दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या बढिरहेको हो ।

ब्राजिलमा हालसम्म कोरोनाका कारण चार लाख ९३ हजार आठ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना सङ्क्रमितको मृत्यु हुनेमा ब्राजिल विश्वकै दोस्रो नम्बरमा छ । तर सङ्क्रमित सङ्ख्याको हिसाबमा भने ब्राजिल कोरोनाबाट प्रभावित हुनेमध्ये विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो ।

छिमेकी मुलुक भारतमा सङ्क्रमण घट्दै गइरहेको छ । दैनिक ७० हजारभन्दा तल नयाँ बिरामी थपिने गरेका छन् । यसअघि कोरोना महामारी उत्कर्षमा पुग्दा एक दिनमा चार लाखसम्म नयाँ बिरामी थपिए ।

त्यो सङ्ख्या क्रमस घट्दै ७० हजारभन्दा तल झरेको हो । पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार एक सय चार जना नयाँ बिरामी थपिएका छन् । विश्वमा ब्राजिलपछि भारतमा नयाँ बिरामी धेरै थपिएका हुन् ।

भारतमा सङ्क्रमित सङ्ख्या दुई करोड ९६ लाख ९९ हजार तीन सय ६५ पुगेको छ । दुई करोड ८४ लाख ८३ हजार आठ सय ५६ जना सङ्क्रमणमुक्त बनेका छन् ।

एकै दिन एक लाख तीन हजार दुई सय २२ जना निको भए । आठ लाख ३३ हजार पाँच सय ७८ जना उपचाररत रहेकोमा आठ हजार नौ सय ४४ जनाको अवस्था गम्भीर छ ।

भारतमा पछिल्लो २४ घण्टामा एक हजार चार सय ११ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म तीन लाख ८१ हजार नौ सय ३१ जना सङ्क्रमितको मृत्यु भारतमा भइसकेको छ ।

कोरोनाका कारण धेरै नागरिक गुमाउनेमा भारत विश्वकै तेस्रो नम्बरमा रहेको मुलुक हो । सङ्क्रमित सङ्ख्याको हिसाबमा भने दोस्रो नम्बरमा छ ।

हालसम्म कोरोनाका कारण सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिका हो । विश्वका विभिन्न मुलुकमध्ये अमेरिकामा हालसम्म सबैभन्दा धेरैलाई कोरोना पुष्टि भएको छ । मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि अमेरिकामै धेरै छ ।

तर पछिल्लो समय अमेरिकाले कोरोना नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त गरेको छ । एकै दिन १२ हजार पाँच सय ७६ जना नयाँ बिरामी थपिए ।

महामारीले नराम्ररी प्रभावित भएका समय अमेरिकामा दैनिक एक लाख हाराहारीमा नयाँ बिरामी थपिने गरेका थिए । हालसम्म तीन करोड ४३ लाख ६४ हजार नौ सय १५ जना अमेरिकी नागरिकमा कोरोना पुष्टि भइसकेको छ ।

दुई करोड ८६ लाख १५ हजार तीन सय ६६ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । एकै दिन ३६ हजार छ सय ६५ जना निको भए ।

५१ लाख ३३ हजार चार सय २१ जना उपचाररत रहेकोमा चार हजार तीन सय १९ जनाको अवस्था चिन्ताजनक छ । अमेरिकामा दैनिक मृत्यु हुने सङ्क्रमितको सङ्ख्या पनि कम हुँदै गइरहेको छ ।

केही समयअघिसम्म दैनिक दुई हजारभन्दा बढीको मृत्यु भइरहेको अमेरिकामा एकै दिन चार सय छ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वकै सबैभन्दा धेरै छ लाख १६ हजार एक सय २८ जना सङ्क्रमितको मृत्यु अमेरिकामा भइसकेको छ ।

विश्वमा पछिल्लो २४ घण्टामा तीन लाख ८१ हजार ५६ जना नयाँ बिरामी थपिए । महामारी उत्कर्षमा पुगेका बेला दैनिक सात लाखभन्दा बढी नयाँ बिरामी थपिन्थे । विश्वमा सङ्क्रमित सङ्ख्या १७ करोड ७७ लाख ८० हजार आठ सय ७० पुगेको छ ।

१६ करोड २२ लाख ७८ हजार एक सय ८८ जना उपचारपछि कोरोनामुक्त बनिसकेका छन् । एकै दिन चार लाख ४६ हजार चार सय आठ जना निको भएर डिस्चार्ज हुँदै सामान्य जीवनमा फर्किएका छन् ।

एक करोड १६ लाख ५४ हजार सात सय २० जनाको उपचार भइरहेकोमा ८३ हजार ७० जनाको अवस्था गम्भीर छ । विश्वमा दैनिक मृत्यु हुने सङ्क्रमित सङ्ख्या पनि घट्दै छ ।

एकै दिनमा १४ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु हुने गरेकोमा २४ घण्टाभित्र आठ हजार नौ सय आठ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म विश्वमा ३८ लाख ४७ हजार नौ सय ६२ जना सङ्क्रमितको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

सम्बन्धित

कांग्रेस संस्थापनइतर पक्षले साउन २९ मा राष्ट्रिय भेला बोलायो

लोकतन्त्रको मर्म नबुझ्नेहरू शासन सत्तामा छन्ः पूर्वराष्ट्रपति यादव

व्यवसायी शंकरलाल अग्रवाल पक्राउ

सरकारले विस्थापित सुकुम्बासीलाई गृहजिल्ला फर्काउने, कतै पनि घरजग्गा नभेटिएका २९ जनाको नाम सार्वजनिक

स्थायी नियुक्ति रोक्ने निर्णयविरुद्ध युवाको प्रदर्शन

हिरासतबाट छुटाउने आश्वासन दिएर लाखौं ठगी, पक्राउ परे पूर्वएसएसपी सहित ३ जना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu