ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झापामा प्रेमीले नै ज्यान लिएपछि


एबीसी / संवाददाता
३ असार २०७८, बिहिबार   १० : १९   बजे

झापा, ३ असार । दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको करणी पछि ज्यान लिएको भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ । पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ ।

अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ । पीडित परिवारले मंगलबार इलाका प्रहरी कार्यालय दमकमा सेजलको करणीपछि ज्या न लिएको दाबी गर्दै जाहेरी दिएको थियो । “प्रहरी अनुसन्धान र पोस्टमार्टम रिपोर्टले करणीपछि ज्यान लिएको देखाउछ” सेजलका बुबा सरोज कोइरालाले भन्नुभयो, “प्रहरीले थप प्रमाण जुटाएर दोषीलाई कानुनअनुसार कारबाही गर्नेपर्ने हाम्रो माग छ ।” “बिहीबार दिउँसो नै छोरीको हत्या भएको रहेछ” बुबा कोइरालाले भने, “घटना पश्चात कोठामा चाबी लगाएर बाहिर निस्केको र फेरी कोठामा गएर आफैँले हस्पिटल लगेको प्रहरीको अनुसन्धानबाट देखिन्छ ।” सेजल दमक नगरपालिका–५ स्थित डेरामा बसेको घरको बाथरुममा बो होस अवस्थामा फेला परेकी थिइन् ।

सेजललाई उपचारका लागि लाइफलाइन अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका थिए । सेजलको मृत्युबारे प्रहरीले भने आधिकारिक धारणा सार्वजनिक गरेको छैन । घटना रहस्यमय भएकाले अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ । घटनाको कारण भने अनुसन्धान भइरहेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताउनुभयो। आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले जानकारी दिनुभयो ।

दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् ।इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बे होस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पु¥याउने बित्तिकै सेजलको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

🚨 ब्रेकिङ : स्पेन विश्व च्याम्पियन ! अतिरिक्त समयमा टोरेसको निर्णायक गोल, अर्जेन्टिनाको उपाधि रक्षा सपना चकनाचुर

विश्वकप फुटबलको उपाधिका लागि आज मध्यराति अर्जेन्टिना र स्पेनबीच कडा प्रतिस्पर्धा हुने

सम्बन्धित

फागुन २१ को चुनावमा ‘डिप फेक’ प्रविधिको अधिक प्रयोग

पर्याप्त प्रमाण नपुग्दा अदालतबाट छुट्दै हाइप्रोफाइल नेता, पक्राउ प्रक्रियामाथि प्रश्न

पहिले मान्छे विदेश गए भनेर खपिनसक्नु थियो, अहिले त्योभन्दा बढी जाँदा चुपचाप छन् : केपी शर्मा ओली

विश्वभर रहेका आफ्ना नागरिकलाई शतर्क रहन अमेरिकाको आग्रह, नयाँ सुरक्षा चेतावनी जारी

श्रीलंकाबाट स्वदेश फर्किए प्रचण्ड

फेसबुकको ब्राउजर भर्सन डाउन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu