ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोभिड प्रोटोकल उल्लंघन गरेर निषेधाज्ञा फितलो गर्ने देशमा तिब्र गतिमा कोरोनाको तेस्रो लहर


एबीसी / संवाददाता
४ असार २०७८, शुक्रबार   १ : २५   बजे

काठमाडौं, ४ असार । नेपाल अहिले कोरोना महामारीको दोस्रो लहरसँग लड्दैछ । भारत पनि अहिले दोस्रो लहरको सामना गरिरहेको छ ।
नेपालमा अहिले कम हुँदै गइरहेको कोरोना संक्रमण भारतमा पनि कम हुँदैछ । त्यस कुरालाई ध्यानमा राखेर निषेधाज्ञा वा लकडाउनलाई फितलो पार्न थालिएको छ ।कतिपय ठाउँमा त कुनै पनि खालका प्रतिबन्धहरु नै लगाइएको छैन । खोपकरणसहित अन्य विभिन्न पक्षका कारण संक्रमण कम हुँदै गइरहेको बताइन्छ ।तर भारत, नेपालसहितका केही देशहरु तेस्रो लहरबारे सोचेरै डराउने अवस्था देखिन्छ । यो बीचमा भारतको दिल्ली उच्च अदालतले तेस्रो लहरबारे डरलाग्दो बयान दिएको छ ।

कोभिड प्रोटोकल उल्लङ्घन भएमा चाँडै तेस्रो लहर पनि आउँने उच्च अदालतको तर्क रहेको छ । अदालतको यस बयानले भारतभर डरको माहोल निर्माण भएको छ ।दिल्ली उच्च अदालतले लकडाउनपछि प्रतिबन्ध हटाएसँगै दिल्लीको बजारमा कोरोना नियम उल्लङ्घन भएकोमा चिन्ता व्यक्त गरेको छ ।अदालतले कोभिड सम्बन्धि दिशानिर्देशनको उल्लङ्घनले संक्रमणको तेस्रो छाल निम्ताउने भन्दै चेतावनी दिएको हो । तेस्रो लहर निम्त्याउन कुनै पनि हालतमा अनुमति नभएको पनि भनिएको छ ।

उच्च अदालतले कोभिड प्रोटोकलको उल्लङ्घनका कारण तेस्रो छाल चाँडै आउने भन्दै सर्तक रहन सरकारका नाममा आदेश जारी गरेको छ ।दिल्ली उच्च अदालतले दिल्लीको बजारमा भीड र कोभिड प्रोटोकल अनुसरण गर्ने व्यक्तिहरूबारे स्व(संज्ञान लिएको थियो ।उच्च अदालतले केन्द्र र दिल्ली सरकारलाई एक आदेश जारी गर्दै र रिपोर्ट मागेको छ । अदालतले कोरोनाको तेस्रो लहरलाई रोक्नको लागि कोभिड प्रोटोकललाई कडाईका साथ पालना गर्न आवश्यक भएको भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group