काठमाडौं, ५ असार । एन्टोइन ग्रिजम्यानको गोलसँगै फ्रान्स युरोकप फुटबलमा हंगेरीसँग हारबाट जोगिएको छ । बुढापेष्टमा भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्दै फ्रान्सले अंक बाँडेको हो ।घरेलु मैदान पुस्कास एरेनामा हंगेरीले पहिलो हाफको इन्जुरी टाइममा अग्रता लिएको थियो । रोलान्ड सलाईको पासमा अतिला फिओलाले गोल गर्दै अग्रता दिलाएका थिए ।फ्रान्सले दोस्रो हाफमा बराबरी गोल फर्कायो । ग्रिजमनले ६६औं मिनेटमा पेनाल्टी एरियाभित्र प्राप्त बलमा गोल गरे ।युरोपकप २०२० को पहिलो खेलमा आत्मघाती गोलको मद्दतमा जर्मनीलाई १(० ले पराजित गरेको फ्रान्सले हंगेरीविरुद्ध पनि गोलका अरु अवसर सदुपयोग गर्न सकेन ।बराबरीपछि ४ अंकसहित फ्रान्स समूह एफको शीर्ष स्थानमा छ । पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित भएको हंगेरीले १ अंकसहित तेस्रो स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्