ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पोर्चुगलमाथि जर्मनीको सानदार जित


एबीसी / संवाददाता
६ असार २०७८, आइतबार   ७ : २०   बजे


काठमाडौं, ६ असार । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह डीको दोस्रो खेलमा जर्मनीले पोर्चुगलमाथि फराकिलो जित दर्ता गरेको छ । खेलमा सुरुवाती अग्रता लिएपनि पोर्चुगलले डिफेन्समा बिर्सनलायक प्रदर्शन गरेपछि जर्मनी ४-२ को जित दर्ता गर्न सफल रहयो ।

खेलको पाँचौ मिनेटमा रोबिन गोसेन्सले गोल गरेपनि उक्त गोलले मान्यता पाएन । गोलअघि क्रस आउने क्रममा नै फरवार्ड सर्ज गनाब्री अफसाइड पोजिसनमा रहेकाले गोलले मान्यता पाएको थिएन । दशौं मिनेटमा गोलरक्षक रुइ प्याट्रीसिओले काइ हाभर्ट्जले पेनाल्टी क्षेत्र बाहिरबाट गरेको प्रहारलाई विफल पारे । त्यसैको रिबाउन्डमा उनले गनाब्रीलाई पनि सट प्रहार गर्ने अवसर दिएनन् ।

१४ औं मिनेटमा पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोको गोलमा अग्रता लियो । काउन्टर अट्याकमा सुन्दर मुभ बनाएको पोर्चुगलका लागि डिओगो जोटाले पेनाल्टी क्षेत्र भित्रबाट अनमार्क रहेका रोनाल्डोलाई पास दिएपछि रोनाल्डोले खाली पोस्टमा गोल गरेका थिए । त्यसअघि बर्नार्डो सिल्भाले जोटालाई भेट्न सुन्दर क्रस फिल्ड पास दिएका थिए ।

२२ औं मिनेटमा पोर्चुगलले अग्रता दोब्बर पार्ने अवसर पाएको थियो । छोटो कर्नरपछि राफेल गुरेरोले दिएको क्रसलाई रुबेन डियासले ६ यार्ड बक्सभित्र हेडर पास दिएपनि पेपे उक्त बलसम्म पुग्न सकेनन् । त्यसअघि गोसेन्सको प्रहारलाई गोलरक्षक प्याट्रीसिओले रोकेका थिए ।

खेलको ३५ औं मिनेटमा जर्मनी खेल बराबर गर्न सफल भयो । रोबिन गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको क्रस डियासलाई लाग्दै गोल भएको थियो । हाभर्ट्जलाई रोक्ने प्रयासमा डियासको क्लिअरेन्स गोल भएको थियो । त्यसको ३ मिनेटपछि नै जर्मनीले आत्मघाती गोलमा अग्रता लियो । जोशुवा किम्मिखको क्रसमा राफेल गुरेरोको क्लिअरेन्स गर्ने प्रयास आफ्नै पोस्टमा छिरेपछि पोर्चुगल पछि परेको थियो ।

४४ औं मिनेटमा गोसेन्सले पेनाल्टी क्षेत्रको बायाँ भागबाट गरेको प्रहार प्याट्रीसिओले विफल पारे । त्यसको रिबाउन्डमा किम्मिखको प्रयासलाई डिफेन्डरले छेक्दै सफल हुन दिएनन् । इन्ज्युरी समयको अन्तिम मिनेटमा सर्ज गनाब्रीले काउन्टर अट्याकमा आफैं बढाएको आक्रमणमा पेनाल्टी क्षेत्र भित्र पुगेर गरेको प्रहारमा प्याट्रीसिओ नै बाधक बने ।

दोस्रो हाफको सुरुवातमा नै जर्मनीले अग्रता बढाउन सफल रहयो । ५१ औं मिनेटमा हाभर्ट्जले प्रतियोगितामा पहिलो गोल गर्दै ३(१ को स्कोर बनाएका थिए । गोसेन्सको क्रसलाई हाभर्ट्जले ६ यार्ड बक्स भित्रबाट पहिलो टचमा फिनिस गर्न सफल भएका थिए ।

६० औं मिनेटमा रोबिन गोसेन्सले जर्मनीलाई ४-१ को अग्रता दिलाए । पेनाल्टी क्षेत्रको दायाँ भागबाट किम्मिखले दिएको क्रसलाई फार पोस्टमा अनमार्क रहेका गोसेन्सले हेडरमार्फत गोल गरेका थिए ।

६६ औं मिनेटमा पोर्चुगलले गोल गर्दै खेलमा फर्कने संकेत देखाएको थियो । गुरेरोको फ्रिकिकलाई रोनाल्डोले फार पोस्टबाट जोगाएपछि आएको पासमा जोटाले गोल गरेका थिए । ७८ औं मिनेटमा रेनाटो सान्चेसले लामो दुरी बाट गरेको प्रहार पोस्टमा लागेर फर्कियो । वैकल्पिक खेलाडी सान्चेसले झन्डै ३० यार्ड टाढाबाट गरेको प्रहारमा गोलरक्षक समेत बिट भएको अवस्थामा पोस्टमा लाग्दा पोर्चुगलले गोलअन्तर घटाउन सकेन ।

काउन्टर अट्याकमा अघि बढेको जर्मनीका लागि ८३ औं मिनेटमा लिओन गोरेट्जकाले पेनाल्टी क्षेत्रको ठिक बाहिरबाट गरेको शक्तिशाली प्रहार पोस्टभन्दा थोरै माथिबाट गएको थियो ।

जर्मनी यस जितसँगै समूहको दोस्रो स्थानमा उक्लिएको छ । जर्मनीसँग समान ३ अंक भएपनि हेड टु हेडमा पोर्चुगल तेस्रो स्थानमा रहेको छ । २ खेलमा ४ अंक जोडेको फ्रान्स शीर्षस्थान तथा हंगेरी १ अंक जोड्दै चौथो स्थानमा रहेको छ । समूहको चारै टोलीको अर्को चरणमा पुग्ने सम्भावना रहेको छ ।

यसै समूहअन्तर्गत शनिबार भएको पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाका फरवार्ड एन्टोइन ग्रिजमनले गोल गरेपछि विश्वविजेता फ्रान्स हंगेरीसँग हारबाट जोगिएको थियो ।

घरेलु टोलीसँग १–० ले पछि परेको अवस्थामा ग्रिजमनले दोस्रो हाफमा गोल गर्दै फ्रान्सलाई हारबाट जोगाए । खेल १–१ गोलको बराबरीमा टुंगिएयो । पुस्कास एरिना बुडापेस्ट हंगेरीमा शनिबार भएको खेलमा फ्रान्सले घरेलु टोलीलाई खेलको सुरुवातदेखि नै दवावमा राखेपनि काउन्टर अट्याकमा गोल खान पुगेको थियो ।

खेलको १४औं मिनेटमा हंगेरीका गोलरक्षक पिटर गुलाक्सीले दोहोरो बचाउ गर्दा फ्रान्स अग्रता लिनबाट चुक्यो । केलियन एमबाप्पेको पासमा करिम बेन्जेमाले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहारलाई गोलरक्षक गुलाक्सीले फुत्काएपनि रिवाउन्डमा ग्रिजमनको प्रहार उनकै हातमा पुगेको थियो । १७औं मिनेटमा बेन्जेमाको पासमा लुकास डिग्नेले मिलाइदिएको पासमा कसैको निगरानीमा नरहेका एमबाप्पेको हेडर पोस्ट नजिकैबाट बाहिरियो ।

२५औं मिनेटमा हंगेरीका कप्तान तथा फरवार्ड एडाम स्जालाई चोट बोक्दै मैदानबाट बाहिरिएपछि हंगेरीलाई थप समस्यामा परेको थियो । ३१औं मिनेटमा पउल पोग्वाबाट आएको पासलाई एमबाप्पेले पेनाल्टी बक्समा नियन्त्रणमा लिदै फ्लिक गर्दै दिएको पासमा बेन्जेमाले वान टचमै भलीमार्फत गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा फ्रान्सले अग्रता लिन सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा एटिला फिओलाले गोल गर्दै हंगेरीलाई १–० को अग्रता दिलाए । राफयल भरानको कमजोर क्लियरेन्समा रोलान्ड सल्लाईले काउन्टर अट्याकमा अघि फालेको बललाई एटिला फिओलाले गोल गर्न सफल भएका थिए । हंगेरीले फ्रान्सको पोस्टमा पहिलो आक्रमण बुन्दा पहिलो प्रयासमा गोल गर्न सफल भएको हो ।

४९औं मिनेटमा मिनेटमा पल पोग्वाको गरेको क्रसलाई गुलाक्सीले उत्कृष्ट पञ्च गर्दै बराबरी टारे । ५९औं मिनेटमा सब्सिच्युट औसमाने डेम्वेलेको पेनाल्टी बक्सबाहिरको सशक्त प्रहार पोलमा लागेर फर्कदा फ्रान्स बराबरीबाट चुक्यो । ६६औं मिनेटमा एन्टोइन ग्रिजमनले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

कप्तान तथा गोलरक्षक ह्युगो लोरिसको फालेको लामो पासलाई दुई डिफेन्डरबीचबाट नियन्त्रणमा लिदै पेनाल्टी बक्सभित्रबाट गरेको क्रसलाई हंगेरीका विल्ली ओर्वानले क्लियर गर्ने प्रयास गरेपनि नसकेको बललाइै ग्रिजमनले जाली चुमाएका थिए ।

८१ औं मिनेटमा हंगेरीका कप्तान गुलाक्सीले एम्बापपेको शक्तिशाली प्रहारलाई विफल पार्दै खेल बराबरीमा राखे । लगत्तै ओलिभिएर जिरुडको फितलो प्रहारमा पनि गुलाक्सीनै बाधक बने ।

यो बराबरीपछि फ्रान्सले आफ्नो अपराजित यात्रालाई नवौं खेलसम्म लम्ब्याएको छ । १२ नोभेम्वर २०२० मा मैत्रीपुर्ण खेलमा फिनल्यान्डसँग २–० ले पराजित भएपछि फ्रान्सले ७ जित र २ बराबरीको नतिजा निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

प्रदेश खारेजी: रास्वपाको वैचारिक विचलन र राजनीतिक विरोधाभास

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group