काठमाडौं, ११ साउन । कोपा अमेरिका फुटबलमा उरुग्वेले पहिलो जित दर्ता गरेको छ । बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जिता दर्ता गरेको हो ।
समूह ए मा रहेको उरुग्वेले अहिलेसम्म ३ खेल खेलेकोमा एकमा जित, एकमा हार र एकमा बराबरी गरेको छ । जितपछि उरुग्वे ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया पुछारमा छ । समूह ए कै अर्को खेलमा अहिले बसहान पौने ६ बजे चिली र पाराग्वे खेल्दैछन् । तीन खेलमा पाँच अङ्क जोड्दै चिली दोस्रो र दुई खेलमा तीन अङ्क जोडेको पाराग्वे चौथो स्थानमा छ । यो समूहमा अर्जेन्टिना ७ अङ्कका साथ शीर्ष स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस्