ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुनै स्वार्थ समुहसंगको सौदाबाजीका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेको हैन – उपसभापति निधी


एबीसी / संवाददाता
१७ असार २०७८, बिहिबार   ५ : ४६   बजे

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले कसैलाई छोड्नका लागि र कुनै स्वार्थ समुहसंगको सौदाबाजीका लागि आफुले सभापतिमा उम्मेदवारी घोषणा नगरेको स्पष्ट पार्नुभएको छ । विहिबार संचारकर्मीसंग कुरा गर्दे उपसभापति नीधिले आफ्नो उम्मेदवारी कसैलाई छोड्नका लागि नभएको बताउनुभएको हो । पार्टीको १४ औ महाधिवेशन नजिकिदै गर्दा सभापति उम्मेदवारमा सहमति जुटाउन छलफल र परामर्शलाई तिब्रता दिएका नीधिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षणका लागि र पार्टीभित्रको गुटउपगुटको अन्त्यका लागि आफुले पार्टीको नेतृत्व लिन चाहेको बताउनुभयो । पार्टीले गर्न बाँकी रहेका कामहरुलाई आफ्नो अगुवाईमा सम्पन्न गर्ने गरि १३ औ महाधिवेशनका पदाधिकारीले सहयोग गरुन् भन्ने आफ्नो चाहना रहेको उपसभापति नीधिले बताउनुभयो । उहाँले आगामी प्रतिनिधिसभाको निर्वाचनमा नेपाली कांग्रेसको रुख छापलाई जिताउनु नै आफ्नो प्रमुख उद्देश्य र कर्तव्य रहेको स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस बैचारिक र सांगठनिक रुपमा प्रष्ट र सक्षम हुदै एकढिक्का भएर नेपाली जनतामाझ जान आवश्यक भएको भन्दै उहाँले त्यसपछि वर्तमान अवस्थामा देखिएका विविध क्षेत्रका विकृति हटाएर जनताको अपेक्षा अनुरुपको शासन सत्ता सञ्चालनको वातावरण बनाउन आवश्यक रहेको र त्यसको नेतृत्व गर्न आफुले चाहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “जनताले जिताएर जसलाई पठाईदियो प्रयोगशालाबाट देखि सकियो उनीहरुले त्यो जिम्मेवारी पुरा गर्न सकेन । अब त्यो जिम्मेवारी नेपाली कांग्रेसको हो । त्यसकारण नेपाली कांग्रेसले १४ औ महाधिवेशनबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षण गर्नु, त्यसको स्वामित्व लिनु, त्यसलाई अझै सम्बद्र्धन गर्दै लगेर सफल कार्यान्वयन गरेर जनता र देशको हितमा कार्यासञ्चालन गर्नु आवश्यकता छ । त्यो आवश्यकता पुरा गर्नका लागि म नेपाली कांग्रेसको सभापति को उम्मेवारको रुपमा प्रस्तुत गरेको छु । त्यसकारण छोड्नका लागि कोही अरुसंग सम्झौता गर्नका लागि वा तपाईले भनेजस्तो स्वार्थ समुह केही पनि होइन । ” उहाँले सत्तापक्ष र सरकारको वर्तमान शासन सञ्चालन प्रणाली र संविधानप्रति पनि इमान्दार नरहेको भन्दै उहाँले प्रणालीको रक्षा र प्रर्बद्धनका लागि कांग्रेस ससक्त भएर अघि बढ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रश्न : महाधिवेशन केन्द्रीत गतिविधि कसरी अघि बढेका छन् ?

उत्तर : नेपाली कांग्रेसको महाधिवेशन धेरै पहिले हुनुपर्ने हो । ढिलो भएपनि भदौ १६,१७ र १८ गतेका लागि तोकेका छौ । महाधिवेशन हामीले गर्नैपर्ने हुन्छ । कोरोनाले गर्दा धेरै अवरोध आईरहेको छ । जिल्ला जिल्लामा जानुपर्ने धेरै सार्थीहरुसंग भेट गर्न सकिरहेको छैन । कोरोनाको कारणले मैले गर्न सकिरहेको छैन । धेरै साथीहरुले गर्न सकिरहनुभएको छैन । त्यसको बाबजुद मैले टेलिफोन गरेर ७७ वटै जिल्ला सभापतिहरु, १ सय ६५ संसदिय निर्वाचन क्षेत्र सभापति, पुरानो २ सय ४० जना महाधिवेशन प्रतिनिधिहरुलाई तथा संगठनका नेताहरु सबैसंग मैले फोनबाट म उम्मेदवारी दिन चाहन्छु । तपाईहरुको सहयोग चाहिन्छ भनेको छु । त्यो भन्दा अगाडि पार्टी सभापति शेरबहादुर देउवा ज्युलाई नै भनेको थिएँ । रामचन्द्र पौडेल जी,सिटौला जी, प्रकाशमान जी, शशांक जी लगायत सबैलाई र केन्द्रीय समितिको साथीहरुलाई मैले सरसल्लाह गरेकै हुँ । प्राय सबैले मेरो उम्मेदवारीलाई सकारात्मक दृष्टिकोणले लिनुभएको थियो । छ पनि ।

प्रश्न :  केही दिन अघि भएको तीन जना शिर्ष नेताको भेटबारे चासो बढेको छ । तपाईको निवासमा भएको भेटपछि त बिमलेन्द्रनिधिले अर्को एउटा समुह खडा गर्नुभयो भन्ने पनि छ । तीन जनाको भेट आफैमा सामुहिक सौदाबाजीमा लागेको हो कि ? अर्को एउटा स्वार्थ समुहका लागि हो कि ? पार्टी भित्र अर्को एउटा गुट जन्मदै छ कि भन्ने पनि आशंका बढेको छ । यसलाई कसरी प्रष्ट पार्नुहुन्छ ?

उत्तर : नेपालको राजनीतिमा विश्लेषण मात्रै होइन अति विश्लेषण गर्ने बाँनी छ । फेसन पनि छ । स्वार्थ समुह पनि होइन । अर्को नयाँ गुट पनि होइन । केही पनि होइन । म पनि नेपाली कांग्रेसको दलिय राजनीतिमा, संगठनात्मक राजनीतिमा आजदेखि छैन । त्यो भन्दा पहिला म विद्यार्थी संगठनमा थिएँ । लोकतान्त्रिक आन्दोलनको प्रक्रियामा (दरबारमा) हामी जेल गएका थियौ । म पनि जेल गएको थिएँ । त्यसकारणले मैले नेपाली कांग्रेसको नेतृत्वको लागि जब आफुलाई प्रस्तुत गर्दछु, त्यसमा स्वभाविक हुन्छ शेरबहादुर जी , रामचन्द्र जी , सिटौला जी संग पनि भेट्ने । प्रकाशमान जी, शशांक जी संग पनि भेट्ने । प्रकाशमान जी पनि आजै राजनीतिमा लाग्नुभएको होइन । प्रकाशमान जी त पुर्व उपसभापति पुर्व महामन्त्री भईसकेको मान्छे हो । यो भन्दा पहिला पनि भेटघाट गरेकै हो । शशांक जी राजनीतिमा ढिलो आएपनि उहाँ त निर्वाचित महामन्त्री हो नि । नवलपरासीबाट त तीनपटक निर्वाचित सांसद हुनुहुन्छ । त्यसकारण म आफुलाई सभापतिको उम्मेदवारको रुपमा प्रस्तुत गरिरहँदा म पहिलो कोशिष गर्छु सर्वसम्मति बन्नका लागि । सबैको तर्फबाट र्निविरोध सभापति बन्नु भन्ने चाहना हुनु स्वभाविक हो नि त । त्यसको लागि म घरमै बसेर हुन्छ र ? मैले सबैसंग भेट्नु पर्छ । मैले प्र्रकाशमान जी र शशांक जी संगमात्रै भेटेको भए एउटा कुरा हो । शेरबहादुर जीसंग भेटेको छु । रामचन्द्र जीसंग भेटेको छु । सिटौला जीसंग भेटेको छु । प्रकाशमान जी र शशांक जी संग पनि भेट्दा लञ्च मिटिङ चाहीँ भयो । पहिले पहिले डिनर मिटिङ हुन्थ्यो । अहिले पनि भएका छन् । तपाईहरुको ध्यान त्यतापट्टि गएन । अहिले प्रकाशमान जी, शशांक जी र मैले राजनीतिमा पदाधिकारी भईसकेका हौं । नया प्रवेश गरेको होइन । नयाँ आएको होइन । हामी हैसियतमा छौ । हैसियत भन्नाले एउटा भूमिकामा जिम्मेवारीमा छौ । हामी जिम्मेवारीमा भएकाले सामुहिक रुपमा भूमिका निर्वाह गर्न सक्छौ कि र सामुहिक रुपमा नेपाली कांग्रेसलाई राष्ट्रिय राजनीतिको सन्र्दभमा युनाईटेड रुपमा प्रस्तुत गर्न सकिन्छ कि ? त्यो प्रयास गर्नु त हाम्रो कर्तव्य पनि त हो नि त । त्यसै अर्थमा लिनुपर्दछ । यो कुनै नयाँ गुट निर्माण गर्नको लागि पनि होइन बरु गुटहरुको राजनीतिलार्ई भत्काउनका लागि सबैलाई समेटेर हामी हिड्नुपर्छ है भन्नका लागि हो । त्यस अर्थमा लिनुपर्छ । सभापतिको उम्मेदवार भएपछि प्रकाशमान जीको घरमा नै गएँ । दुई पटक भेटेँ । म सभापतिको उम्मेदवार हुन्छु तपाईको सहयोग चाहियो । भन्नुपरो नि त एक्लै आफैले त जितिदैन नि त । त्यस्तै शशांक जी को घरमा पनि गएँ । अरु नेताको घरमा पनि गएँ । उहाँहरु पनि उम्मेदवार भनेर आफुले प्रस्तुत गर्नुभएको छ । त्यसकारण उम्मेदवारहरुबीचमा छलफल हुनु त सामान्य कुरा हो नि । नेपाली कांग्रेस र देशको राजनीतिको बारेमा साझा धारणा बनाउन सकियोस् भनेर हामीले केन्द्रीय समितिका अन्य सदस्यहरुसंग पनि छलफल गर्दैछौ ।

प्रश्न : कांग्रेसमा नेतृत्व हस्तान्तरणको प्रक्रिया जहिले पनि जटिल हुन्छ । हिजो पनि थियो आज पनि । कुनै न कुनै परिबन्धमा नेतृत्वमा आउनका लागि युवापक्तिलाई रोकिने गरिन्छ । के यो महाधिवेशनले यस परिबन्धलाई तोडेर नेतृत्व हस्तान्तरण गर्न सक्छ ?

उत्तर : म तपाईको प्रश्नको आसय र सिद्धान्तसंग सहमत छैन । नेपाली कांग्रेसको नेतृत्व हस्तान्तरणमा जहिले पनि जटिल छ भन्ने होइन । नेपाली कांग्रेस पार्टी नै यस्तो पार्टी हो, डेमोक्रेसीमा के भनिन्छ भने नि स्मुथ ट्रान्सफर अफ लिडरसिप भनेको देखिन्छ । कस्तो छ भनेर । नेपाली कांग्रेसमा स्मुथ ट्रान्सफर अफ लिडरसिप देखिन्छ । यो डेमोक्रेसिको ब्युटी हो । यो निर्वाचन प्रणालीबाट भईरहेको छ । विपि कोइराकाले समयमा पनि निर्वाचन हुन्थ्यो । त्यसपछि त डेमोक्रेशि नै रहेन । जब डेमोक्रेसी रिस्टोर भयो नेपालमा, त्यसपछि गिरिजाप्रसाद कोइराला जीले चुनाव लड्नुभयो र जित्नुभयो । शुशिल पनि चुनाव लड्नुभयो, जित्नुभयो । शेर बहादुर चुनाव लड्नुभयो, जित्नुभयो । नेतृत्व प्रणालीबाट नेतृत्वको हस्तान्तरण गर्ने पार्टी यदि नेपालमा कोही छ भने त्यो नेपाली कांग्रेस पार्टी हो । नेपालमा मात्रै होइन भारतमा पनि देख्निँ म । त्यसकारण नेपाली कांग्रेसमा जहिले पनि नेतृत्व हस्तान्तरण प्रक्रिया जटिल हुन्छ भन्नेमा म सहमत छैन । नेपाली कांग्रेसको केन्द्रीय सभापति वा पदाधिकारीहरुको निर्वाचन ४÷५ हजार महाधिवेशन प्रतिनिधिले गर्दछन् । त्यो प्रतिनिधिहरु टीका लगाएर आएको होइन । निर्वाचन प्रणालीबाट तल्लो निकायबाट वडाबाट, वडाबाट पालिकामा, पालिकाबाट क्षेत्र र क्षेत्रबाट केन्द्रमा आउँछ । यसमा कसैले कसैलाई रोक्न सक्क्तैन । जसले मतदाताको भोट पाउँछ, त्यो निर्वाचित हुन्छ । यो अन्तत महाधिवेशन प्रतिनिधिहरुमाथि निर्भर रहन्छ । महाधिेशन प्रतिनिधिहरुलाई कसरी प्रभावित गर्ने , आफ्नो पक्षमा कसरी पार्ने भन्ने कुरा उम्मेदवारमा भर पर्छ । कसैले कसैलाई नलड भन्दैन नि त कसैले जानी जानी फलानोको समर्थन पाईन भने म जित्न सक्दिनँ भनेर सोचेर आफै उम्मेदवार नहुनु एउटा कुरा हो । तर उम्मेदवार हुनका लागि कसैले कसैलाई रोक्दैन नेपाली कांंग्रेसमा । रोकेको पनि छैन । रोक्दैन पनि ।

प्रश्न : मैले प्रक्रिया भन्दा पनि विधिको कुरा सोधेको थिएँ । वर्तमान सभापति हिजो गिरिजाप्रसाद कोइरालासंग लडेको, शुशिल कोइरालासंग पनि लड्नुभयो अहिले आफै पनि चासो देखाउँदै हुनुहुन्छ । मैले यसअर्थमा जटिल भो कि भनेको ।

उत्तर : निर्वाचन प्रणाली संसारमा लोकतन्त्रका लागि सबै भन्दा उत्तम उपकरण हो । निर्वाचन प्रणालीको पनि अवगुणहरु छन् । तर वष्ट मोडलहरु मध्ये सबै भन्दा वेष्ट मोडल भनेको निर्वाचन प्रणाली नै हो । हम्रा राजनीतिक शास्त्रीहरुले पठाउनुभएको पनि त्यही हो र लेख्नुभएको पनि त्यहि हो । नेपाली कांग्रेसको निर्वाचनको सम्बन्धमा पार्टी सभापति शेर बहादुर देउवा जीले लड्छु भनिसकेपछि नलड्नुस् भनेर अनुरोध गर्नु एउटा कुरा हो । अधिकार त हो नि उहाँले । हामीले के भन्छौ भनेदेखि शेर बहादुरजी, रामचन्द्र जी, सिटौला जी नलड्दिए हुन्थ्यो । १३ औ महाधिवेशनका कोही पनि नलड्दिए हुन्थ्यो भन्ने लागेको छ । लागेर मात्रै त भएन नि त । लड्ुछु भनेपछि नलड्नु है भन्न त मिल्दैन । त्यसकारण राजनीति नै जटिल हुन्छ । राजनीतिक चीज नै , क्षेत्र नै जटिल चीज हो । निर्वाचन प्रणाली पनि जटिल हो । निर्वाचन प्रणालीलाई सम्पन्न गर्न, सम्पादन गर्न जुन स्वभाविक जटिलताहरु छन्, त्यो जटिलताहरु त हामीले व्यहोर्नुपर्छ ।

प्रश्न : लामो समय पार्टी सभापति देउवाको विश्वास पात्रको रुपमा भरोसा पनि दिनुभयो । उहाँलाई नै प्रतिष्पर्धीको रुपमा देख्दा भेट्दा अलिकति असहज त हुन्छ होला । यस्तो अवस्था आउँदा बिमलेन्द्र निधीले शेर बहादुर देउवालाई छोड्छन् भन्ने पनि छ नि ।

उत्तर : महत्वपुर्ण निर्णय मैले हचुवा र हतारमा लिन्न । मैले सभापतिमा लड्छु भनेको छोड्का लागि होइन । मैले सभापतिमा उम्मेदवारी दिएको मुल उद्देश्य के हो भने , शेर बहादुर देउवा रामचन्द्र जी १३ औ महाधिवेशनका उम्मेदवार हुन् । उनले जति काम गर्नुपर्ने थियो । उहाँहरुले जति काम गर्नुपर्ने थियो देशको लागि पार्टीको लागि, गरिसक्नुभएको छ । उहाँहरुले अरु पनि काम गर्न बाँकी छ । फरक भूमिकामा उहाँहरुको सक्रियता हामीले अपेक्षा गरेका छौ । पार्टीको कार्यकारणीको रुपमा उहाँहरुले गर्न बाँकी रहेका कामहरु मेरो अगुवाईमा होस् भन्ने चाहना हो । मेरो चाहाना के हो भने ढिलो चाडो मुलुकमा जे जे हुन्छ, आमचुनाव, प्रतिनिधिसभाको निर्वाचन प्रदेशसभाको निर्वाचन, स्थानीय तहको निर्वाचन । प्रमुख रुपमा प्रतिनिधिसभाको निर्वाचन हो । प्रतिनिधिसभाको निर्वाचन जहिले हुन्छ त्यसमा नेपाली कांग्रेसको रुख छापलाई चिताउनु आवश्यक छ ।

नेपाली काग्रेसको सदस्यको हैसियतले मेरो कर्तव्य त्यो हो । मैले पहिले भन्दा बढी जिम्मेबार भएर नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा जिताउनु पर्दछ । जनता र मतदाताको बीचमा नेपाली कांग्रेसलाई यसरी तयार गरौ, आम मतदातालाई लागोस् नेपाली कांग्रेस एक भएर आएको छ । नेपाली कांग्रेस ताजा भएको आएको छ । नेपाली कांग्रेस सक्षम भएर आएको छ । नेपाली कांग्रेस बैचारिक रुपमा पनि प्रष्ट भएर आएको छ , सांगठनिक रुपमा पनि प्रस्ट भएर आएको छ र नेपाली कांग्रेसले यो देशमा अहिले भाँडभैलो भईरहेको छ सबै क्षेत्रमा–राजनीतिक क्षेत्र, व्यवसायीक क्षेत्र, सामाजिकक्षेत्र , अन्तराष्ट्रिय सम्बन्धको क्षेत्र , उद्योग व्यवसायको क्षेत्रमा ।

नेपालमा धेरैको बलिदान भएर दुईवटा संविधानसभाको निर्वाचन मार्फत देशमा राज्यको पुर्नसंरचना गरेका छौ । रुपान्तरण गरेका छौ । संघीयता, गणतन्त्र, लोकतन्त्र, समावेशीता, धर्मनिरपेक्षता, यी सब निर्वाचन प्रणाली यो अहिलेको हामीले ल्याएको नयाँ प्रणालीको प्रमुख तत्वहरुको रुपमा रहेछ । हामीले संविधान जारी गर्यौ । गएको तीन बर्ष देखि के देख्दै छौ भने सत्तापक्ष र सरकारको प्रणालीप्रति पनि इमान्दारिता छैन । संविधानप्रति पनि इमान्दारीता छैन ।

हामीले ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको रक्षा र सफल कार्यान्वयन गर्नु अहिले कुनै पनि राजनीतिक दलको जिम्मेवारी हो । अरु राजनीतिक दलले त्यो जिम्मेवारी निर्वाह गर्न सकेन । जनताले जिताएर जसलाई पठाईदियो प्रयोगशालाबाट देखि सकियो उनीहरुले त्यो जिम्मेवारी पुरा गर्न सकेन । अब त्यो जिम्मेवारी नेपाली कांग्रेसको हो । त्यसकारण नेपाली कांग्रेसले १४ औ महाधिवेशनबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय प्रणालीको संरक्षण गर्नु, त्यसको स्वामित्व लिनु, त्यसलाई अझै सम्बद्र्धन गर्दै लगेर सफल कार्यान्वयन गरेर जनता र देशको हितमा कार्यासञ्चालन गर्नु आवश्यकता छ । त्यो आवश्यकता पुरा गर्नका लागि म नेपाली कांग्रेसको सभापति को उम्मेवारको रुपमा प्रस्तुत गरेको छु । त्यसकारण छोड्नका लागि कोही अरुसंग सम्झौता गर्नका लागि वा तपाईले भनेजस्तो स्वार्थ समुह केही पनि होइन । मेरो एक मात्रै उद्देश्य त्यही हो । त्यसैका लागि मात्रै हो मेरो उम्मेदवारी ।

प्रश्न : हामीले सभापतिमा निधीको औपचारीक उम्मेदवारी त्यसमा पनि समुहगत उम्मेदवारीको जानकारी कहिले पाउँछौ ?

उत्तर : पहिला हामी सबै महाधिवेशन प्रतिनिधि भएर आउनुपर्यो औपचारिक रुपमा । कांग्रेसको उम्मेदवार र मतदाता बन्नका लागि महाधिवेशन प्रतिनिधि बन्नै पर्छ । महाधिवेशन प्रतिनिधि चयन भईसकेपछि मात्रै टिम बनाउने हो । मेरो टीमको उपसभापति, महामन्त्री को हुने भन्ने अनौपचारिक छलफल मैले पनि गरिरहेको छु । बाहिर ल्याएको छैन । ल्याउनु जरुरी पनि छैन । उपयुक्त समय आएपछि ल्याउँछु ।

प्रश्न : मुलुकको शासकिय प्रणाली अनुरुप पार्टीको विधान पनि भर्रखरै परिर्वतन भएको छ । संघीय स्वरुप र समावेशीताको हिसाबले महिला जनजाति, दलित लगायतको सहभागिताको सन्र्दभमा अरु भन्दा भिन्न के छ ?

उत्तर ः हाम्रो नेपालको समाज विविधताले भरिएको समाज हो । विविधताको पहिचान गर्ने हो भने अहिले थरिथरिको विविधता छ । जातिय, भाषिक, धार्मिक, सांस्कृतिक, भौगोलिक विवधताहरु छन् । विविधताहरुलाई पहिचान गरेर स्वीकार गर्नुपर्छ । नेपालको लागि कुनै पनि विकासको योजनाहरु बनाउने क्रममा यसलाई ध्यानमा राख्नुपर्छ । यसलाई समस्या हो भनेर नकारात्मक भावना राखेर सोच्ने हो भने फेरि पनि अग्रगामी दिशामा जान सकिदैन ।

विविधता चाहीँ हाम्रो लागि सम्पत्ति हो । पूँजी हो । यो बरदान हो । यी विविधताहरुलाई हामीले शान्तिपुर्ण सम्मृद्धिको लागि, विकासको लागि प्रयोग गर्न सक्छौ । त्यसको लागि हामीले राज्यको संरचना कसरी निर्माण गर्न सक्दछौ । ती सबै कुरालाई सोचेर गर्नुपर्छ । सबै विविधताले शासन प्रणालीमा हाम्रो प्रतिनिधित्व छ भनेर अनूभुत गर्नुपर्दछ । हामी पनि छौ । हाम्रो पनि ठाउँ छ । उसले शासन प्रणालीमा आफ्नो प्रतिनिधित्व देख्यो भने अनि न अपनत्व हुन्छ । त्यसकारणले म राज्यको निर्माण गर्दा कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका लगायत सबै ठाउँमा विविधताहरुको प्रतिनिधित्व हुनुपर्यो । सबै विविधताको पहिचान, प्रतिनिधित्व र स्वामित्वको बोध गराउनुपर्छ । त्यो प्रणालीलाई व्यवस्थित गर्नका लागि जारी भएको संविधान । यो संविधान पनि हाम्रो हो है भनेर सबै विविधताले महसुस गर्दछ । यो सिद्धान्त र पद्धतिमाथि आधारित भएर हामीले समावेशीताको कुराहरु गरेका छौ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group