काठमाडौं, १५ पुस । काठमाडौं महानगरपालिकाले सडकपेटीमा रहेका वृद्धवृद्धा तथा अशक्त एवम् अपांगता भएका व्यक्तिलाई उद्धार गर्ने भएको छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सडकपेटीमा भेटिने बेसहारा, अशक्त तथा अपांगता भएका व्यक्तिलाई महानगरका ३२ वटै वडामा राखिने बताएका छन् ।
यसका लागि आउँदो शुक्रबारदेखि अभियान सुरु गरिने जानकारी दिँदै मेयर शाक्यले आफ्नो टोल, छिमेक र सडकमा बेवारिसे अवस्थामा रहेका व्यक्तिबारे सूचना दिन आग्रह पनि गरे ।
महानगरपालिकालाई यसका लागि मानव आश्रम सेवा समितिले सहयोग गर्ने आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
उनका अनुसार सामाखुशी र बुढानीलकण्ठमा रहेका संस्थाका शाखा–उपशाखामा तत्काल व्यवस्था गरिने र आगामी दुई वर्षभित्र महानगरका सडक बेवारिसे तथा अनाथ व्यक्तिमुक्त गर्ने योजना भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्