ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा


एबीसी / संवाददाता
२३ असार २०७८, बुधबार   ९ : २३   बजे

काठमाडौं, २३ असार । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा पुगेको छ। बुधबार विहान सकिएको दोस्रो सेमिफाइनल खेलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३(२ ले पराजित गर्दै अर्जेन्टिना उपाधि नजिक पुगेको हो। अब उपाधिका लागि अर्जेन्टिनाले आयोजक ब्राजिलसँग आगामी आइतबार विहान प्रतिस्पर्धा गर्नेछ। निर्धारित समयको खेल १(१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। पेनाल्टी सुटआउटमा कोलम्बियाका सान्चेज, मेना र कार्डोनाको प्रहारलाई अर्जेन्टिनाका गोलकिपर इमिलियोले विफल पारेका थिए।

कोलम्बियाका लागि बोर्जा र काउड्राडोले मात्र गोल गर्न सके। अर्जेन्टिनाका लागि लिओनल मेसी, परेडेस र लाउटारो मार्टिनेजले गोल गोल गरे। डि पाउलको पेनाल्टी भने सफल हुन सके। त्यसअघि खेलको सातौं मिनेटमा अर्जेन्टिनाले अग्रता लिएको थियो। अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले गोल गरे। कप्तान लिओलन मेसीले पेनाल्टी एरियामा दिएको पासमा मार्टिनेजले गोल गरेका थिए। लगत्तै अर्जेन्टिनाका गोलकिपर इमिलियो मार्टिनेजले कोलम्बियाले बराबरी गर्न गरेको प्रयासलाई विफल पारे।

उनले कोलम्बियाका काउडार्डोको प्रहारलाई विफल पारेका थिए। खेलको ४४ मिनेटमा अर्जेन्टिनाले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो। अर्जेन्टिनाका गोन्जालेजको हेड प्रहारलाई कोलम्बियाका गोलकिपर क्रस बारमाथिबाट आउट गरिदिए। गोन्जालेजलाई मेसीले पास दिएका थिए। ६१ मिनेटमा कोलम्बियाले बराबरी गोल फर्कायो। डियासले कार्डोनाले दिएको पासमा गोल गर्दै खेललाई १(१ गोलको बराबरीमा ल्याएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

सम्बन्धित

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

उज्वेकिस्तानसँग पराजित हुँदै नेपाल जितविहीन

विश्वकप लिग–२ मा नेपालले आज नामिबियासँग खेल्दै

विश्वकप फाइनल विवाद : अर्जेन्टिनी खेलाडी र प्रशिक्षक फिफाको निगरानीमा

फिफा विश्वकप फुटबलमा फ्रेन्च स्टार एम्बाप्पेलाई लगातार दोस्रो गोल्डेन बुट

नेपाली भलिबल टोली आज पाकिस्तान जाँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu