ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज उपाधिका लागि इंग्ल्यान्ड र इटाली भिड्दै


एबीसी / संवाददाता
२७ असार २०७८, आइतबार   ६ : २९   बजे

काठमाडौं, २७ असार । वेम्बली स्टेडियमा हुने फाइनलमा इंग्ल्यान्ड र इटाली प्रतिस्पर्धा गर्नेछन् । फाइनल खेल राति १२:४५ बजे सुरु हुनेछ ।

इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लागेको हो । एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्न लागेको हो ।

इंग्ल्यान्ड र इटाली दुबै टोली यस पटक उपाधि जित्ने लक्ष्यमा रहेका छन् । दुबै टोलीका मुख्य प्रशिक्षक उपाधि जित्न तयार रहेको बताउँछन् ।

इटालीका मुख्य प्रशिक्षक रोबर्टो मान्सिनीले यस उपाधिका लागि लामो समयबाट काम गरिरहेको बताए ।

हामीले धेरै वर्षदेखि यसका लागि काम गरिरहेका छौँ । त्यसैले हामी धेरै खुसी छौं र खेलाडीहरूलाई यस कामका लागि धन्यवाद दिन चाहन्छु, मान्सिसीले भनेका छन्, हामीले अहिलेसम्म केही जितेनौं । हामीले आइतबार जित्नु पर्नेछ ।

इटाली तीन पटकको च्याम्पियन स्पेनलाई हराउँदै उपाधि नजिक पुगेको हो । पहिलो सेमिफाइनलमा इटालीले स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

यस्तै मान्सिसीले घरेलु टिमसँग खेल्नु पर्ने हुँदा फाइनलमा ध्यान दिएर खेल्ने बताए ।

इंग्ल्यान्डको पछाडी पुरै स्टेडियम हुनेछ । उनीहरुले हामीलाई दबाबमा राख्ने छन् । फाइनल खेल अन्य खेल भन्दा फरक हुन्छ । हामीले ध्यान दिएर खेल्नु पर्छ, उनले भने ।

इटालीको यो मुख्य प्रतियोगितामा १० औं फाइनल यात्रा हो । यस अघि इटालीले विश्वकपमा ६ र युरोमा ४ पटक फाइनल खेलिसकेको छ ।

इंग्ल्यान्डले डेनमार्कलाई पराजित गर्दै इटालीसँगको भेट पक्का गरेको हो । रोमान्चक खेलमा इंग्ल्यान्डले डेनमार्कलाई अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित गरेको थियो ।

इंग्ल्यान्डका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट इटालीको अवरोध हटाएर इतिहास रच्ने योजनामा छन् ।

हामी फाइनलमा छौँ भन्ने तथ्यलाई हामीले रमाइलो गर्यौं । तर, हामीलाई अर्को एक ठुलो अवरोध छ । इटाली उत्कृष्ट टिम हो । पछिल्लो दुई वर्ष उनीहरु उत्कृष्ट लयमा देखिएका छन्, प्रशिक्षक साउथगेट भन्छन्, ठुलो खेलमा लागि हेरिरहेको छु ।

इंग्ल्यान्ड युरोकपको फाइनल खेल्ने १३ औं राष्ट्र हो । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो ।

इंग्ल्यान्ड र इटालीबीच हालसम्म २७ खेलमा प्रतिस्पर्धा भएको छ । जसमा इटाली हाबी हुँदै आईरहेको छ । इंग्ल्यान्डविरुद्ध इटालीले ११ खेल जितेको छ । इंग्ल्यान्डले भने ८ खेलमा जित निकालेको छ । दुई टिमबीचको ८ खेल बराबरीमा सकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी हुँदा चालकको जलेर मृत्यु

सम्बन्धित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

वाग्मती, गण्डकी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना

अमेरिका–इरानबीच सौहार्द वार्ता भइरहेको ट्रम्पको दाबी

सुनसरीमा जारी कर्फ्यु आदेश हटाइयो

विश्वकप क्रिकेट लिग–२ मा नेपालको लगातार तेस्रो हार :नामिवियासँग ३ रनले पराजित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu