ABC NEWS NEPAL | No.1 News channel of Nepal
७ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाँचौ पटक प्रधानमन्त्री बनेका देउवाको जीवनी यस्तो छ


एबीसी / संवाददाता
२९ असार २०७८, मंगलबार   ९ : ५६   बजे

काठमाडौंं, २९ असार । विगतमा निकै आलोचित पात्रको छवि बनाएका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पुनः पाचांै पटक प्रधानमन्त्री बनेका छन् । भाग्यमा विश्वास गर्ने देउवा विगतमा सबैभन्दा जम्बो मन्त्रिमण्डल गठन गरेर रेकर्ड नै बनाए । अब भने विशेष परिस्थितिमा प्रधानमन्त्री बनेका देउवाले विगतका कम्जोरीलाई सुधार गर्दै आफ्नो छवि सुर्धान ख्याल गर्नै पर्छ । सुदुरपश्चिमको डडेल्धुरा जिल्लाको सताशीधामस्थित रुवाखोलामा जन्मिएका हुन शेरबहादुर देउवा ।

सम्पन्न परिवारमा विक्रम सम्वत् २००३ साल जेठमा उनको जन्म भएको हो । उनले प्राथमिक शिक्षा डडेलधुराकै असीग्राम प्राथमिक विद्यालय र निम्न माध्यमिक शिक्षा महेन्द्र माध्यामिक विद्यालयमा भयो । माध्यमिक शिक्षा सीताराम माध्यामिक विद्यालय उच्चकोट डोटीबाट लिएका थिए । यीनले स्कुले जीवनबाट नै नेपाली कांग्रेसको राजनीतिलाई आफ्नो आदर्श बनाउन थालिसकेका थिए । देउवा कांग्रेसका संस्थापक नेता बिपी कोइरालाको प्रेरणाबाट राजनीतिमा होमिएका हुन ।

खासगरी विक्रम सम्वत् २०१७ सालको राजनीतिक घटनाक्रमपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निरन्तर रूपमा सक्रिय देउवा नेपाल विद्यार्थी संघका प्रथम निर्वाचित सभापति एवम् संस्थापक सदस्य समेत हुन । विक्रम सम्वत् २०२८ सालमा उनी नेपाल विद्यार्थी संघको सभापतीमा चुनिएका थिए । देउवाको परिवारलाई डडेल्धुरा क्षेत्रमा ठकुरी देउवा कुल भनेर चिन्दछन् । कुलको इतिहास अजुरुप बैतडी चन्द, डोटी पचनाली, लुलानी मल्ल, डोटी बोगटानी बम र ठकुरी बोगटी रजवारसंग मात्र बैबाहिक सम्बन्ध गर्ने उनको परिवार संम्पन्न र जागिरदार परिवारको रुपमा ऐतिहासिक कालदेखि चिनिदै आएको परिवार हो । निडर, निस्कपटी भावना भएका शेरबहादुर देउवा नेपालको र एउटा ठूलो राजनैतिक पार्टीको प्रमुख ब्यक्ति बन्न त सफल भए नै पाचौपटक प्रधानमन्त्री समेत बने । एलएसली दिएपछि देउवा उच्च शिक्षाको लागि भारत नगइ विक्रम सम्बत् २०२१ सालमा काठमाडौंको त्रिचन्द्र कलेजमा भर्ना भए । यसपछि उनी नेविसंघभित्र राजनीतिमा सक्रिय रहे । यसक्रममा उनी विभिन्न समयमा पटक–पटक प्रजातन्त्रको लडाईमा पक्राउ परे । निडर स्वभावका देउवाले विद्यार्थीको हकहितमा प्रध्यापकसग झगडा समेत गर्न भ्याए । विक्रम सम्वत् २०४६ मा नेपाली कांग्रेसले देशमा पहिलो जनाअन्दोलन अगुवाई ग¥यो त्यतिबेला देउवा लन्डन स्कूल अफ इकोनोमिक्समा अध्ययन गरिरहेका थिए ।

यसपछि २०४७ सालमा जनाअन्दोलन सफल भएपछि देउवा लण्डनबाट काठमाडौं फर्किए । प्रजातान्त्रिक आन्दोलनका क्रममा उहा पटकक–पटक गरी १० वर्ष कारागार जीवन बिताए । पहिलो पटक २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा गृहमन्त्रीबाट देउवाको सिंहदरबार प्रवेशले औपचारिकता पाएको थियो । ४५ वर्षको बुढेसकालमा देउवा गृहमन्त्री भएकै समयमा राजधानीकै सम्पन्न खानदानमा आरजु राणासग विवाह बन्धनमा बाधिए । देउवा दम्पत्तिका एक छोरा छन् । देउवाको सत्तारोहको यात्रा मन्त्रीमा मात्र सिमित रहेन २०५२ साल भदौ २७ गते देउवा पहिलोपटक प्रधानमन्त्री नै हुन सफल भए । झण्डै दुई वर्ष शासन गरेपछि देउवालाई लोकेन्द्रबहादुर चन्दले विस्थापित गरे । राजनीतिक उत्तार चडावस“गै २०५८ सालमा देउवा पुनः दोस्रो पटक प्रधानमन्त्री बन्ने । तर, माओवादी द्वन्द्व चरम अवस्थामा पुगेपछि संकटकाल लगाउने वा नलगाउने भन्ने विषयमा पार्टी सभापति गिरिजाप्रसाद कोइरालास“ग बढेको टसलकै कारण कांग्रेसले उनलाई साधारण सदस्य समेत नरहने गरि निष्कासित ग¥यो । त्यही झोकमा देउवाले २०५९ सालमा कांग्रेस फुटाएर नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे ।

निर्वाचन गराउने कार्यभार सुम्पिए पनि नसकेको भन्दै राजा ज्ञानेन्द्र शाहले देउवालाई अक्षम घोषणा गरिदिए । पार्टी फुटाए, अक्षम घोषणा भए पनि अवसरले देउवालाई पछ्याइनै र¥यो । देउवा पुनः तेस्रो पटक २०६१ सालमा तीनै राजा ज्ञानेन्द्र सक्षम मान्दै प्रधानमन्त्री बनाए । तेस्रोपटक प्रधानमन्त्री हुदा उनले पिछडिएको भूभाग, सीमान्तकृत वर्ग, महिला, दलित, जनजाति र मधेसलाई राष्ट्रिय विकास प्रक्रियाको मूलधारमा ल्याउन कर्णाली–दलित–महिला–जनजाति–मधेसको अवधारणा ल्याएका थिए । त्यस्तै उनकै पालामा विशेष वर्ग एवम् समुदायको उत्थानका लागि राष्ट्रिय महिला आयोग, आदिवासी जनजाति आयोग, दलित आयोगजस्ता विभिन्न आयोगहरू गठन नै गरेर राजनीतिक भत्तिकेन्द्र खडा गरे । २०६१ जेठ २९ मा तेस्रो पटक प्रधानमन्त्री भए पनि ८ महिनापछि माघ १९ गते शाही कुले सत्ता आफ्नो हातमा लिएपछि देउवा नराम्रोस“ग सत्ताच्युत हुन पुगे ।

त्यसपछि राजाको निरकुंशताविरुद्ध तत्कालीन सात दल र विद्रोही माओवादीले शान्तिपूर्ण जनआन्दोलन गरेपछि भएको संविधानसभा निर्वाचन अघि देउवा मूल पार्टी कांग्रेसमै मिसिए । २०६४ सालयता ८ नेता प्रधानमन्त्री बने पनि देउवाको लागि बाटो खुलेको थिएन । तर २०७४ सालको जेठ २३ गते चौथोपटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा माओवादी अध्यक्ष प्रचण्डको आशिवादमा मुलुकको ४० औं प्रधानमन्त्री बने । उनी २०७४ जेठ २४ गतेदेखि २०७४ फाल्गुन २ गतेसम्म प्रधानमन्त्री रहे । देउवाले संविधान जारी भएपछिको संघीय संरचनामा ३ प्रदेशमा स्थानीय, प्रदेश र केन्द्रस्तरको निर्वाचन सम्पन्न गरे । स्थानीय तहमा दोस्रो स्थान हासिल गरेको कांग्रेस प्रदेश र केन्द्रीय तहको निर्वाचनमा एमाले र माओवादीको चुनावी तालमेलले निकै पछि प¥यो । संसदमा प्रमुख प्रतिपक्ष दल बनेको कांग्रे र देउवाको भाग्य बलियो भएकै कारण अहिले फेरी माओवादी अध्यक्ष प्रचण्डकै आशिवादमा मुलुकको पाचौं प्रधानमन्त्री बने ।

सर्वोच्च अदालतको सोमबारको फैसलाले गत जेठ ८ गते भएको विघटित प्रतिनिधिसभा पुर्नस्थापना गरेसगै देउवालाई प्रधानमन्त्री संयोगले भनौं या नियतिले पा“चौ पटक प्रधानमन्त्री हुने अवसर पुनः जु¥यो । मंगलबार सा“झभित्र प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतलको परमादेशसगै नेपाली काग्रेसका सभापति शेरबहादुर देउवा पाचौ पटक प्रधानमन्त्री बन्ने खुल्ला भयो । बहुमतको हस्ताक्षर स्विकार नगरी संसद भंग गर्ने उनै राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री देउवालाई नियुक्ति र सपथग्रहण गराउन बाध्य भएकी छन् ।

२०७४ को निर्वाचनबाट ५ वर्षका लागि म्यान्डेट पाएको झण्डै दुई तिहाईको हुदो खादो ओली नेतृत्वको कम्युनिष्ट सरकार पतनको बाटोमा हिडेपछि देउवा माओवादी, एमाले नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनर्मोचाको समर्थनमा प्रधानमन्त्री बने । विगतमा प्रधानमन्त्री बन्दा निकै बदनामी कमाएका देउवाले यस पटक बने आर्थिक संकटका बीचमा मुलुकलाई हाक्ने विगतका कम्जोरीलाई सच्याउदै अघि बढ्न निकै चुनौति खडा भएका छन् । देउवाबीच कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण, आगामी निर्वाचन सम्पन्न गर्ने, आर्थिक मितव्यिता तथा सुशासन कायम गर्नुका साथै वेथिति र अराजकतालाई रोक्न सक्ने हिम्मत हुनै पर्छ । नेपाली कांग्रेसका सभापति समेत रहेको नवनियुक्त प्रधानमन्त्री शेरबहादृुर देउवालाई सफलताको शुभकामनासहित बधाई राष्ट्र र नेपालीको हितमा लाग्नको लागि ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

सम्बन्धित

पुष्पलालको जन्मथलोमा मनाइयो स्मृति दिवस

गणतन्त्रका उपलब्धिमाथि योजनाबद्ध रूपमा झूटो प्रचार भइरहेको छ :प्रचण्ड

बेइजिङ जाँदैछन् रवि लामिछाने, उच्च तहमा भेटको तयारी

आज चिया उद्योगीहरुलाई भेट्दै प्रधानमन्त्री बालेन

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

नास्पाती बोकेको गाडीमा ६५२ किलो गाँजा, ३ जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu