ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालको सर्वोच्च अदालतले गरेको फैसलाले संविधानको रक्षा गरेको छ : पूर्व भारतीय राजदूत रन्जित रे


एबीसी / संवाददाता
३१ असार २०७८, बिहिबार   ९ : ०४   बजे

काठमाडौं, ३१ असार । नेपालका लागि पूर्व भारतीय राजदूत रन्जित रेले नेपालको सर्वोच्च अदालतले गरेको फैसलालाई सबैले स्वागत गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न जारी गरेको परमादेश र संसद पुनर्स्थापना सम्बन्धी फैसलालाई सबैले स्वागत गर्नुपर्ने उनको भनाइ छ ।

भारतीय सञ्चारमाध्यम स्टार्टन्युज ग्लोबललाई दिएको अन्तवार्तामा पूर्व राजदुत रेले फैसला ओलीको लागि ठूलो सेटब्याक भएको बताए । ‘यो नेपालको सर्वोच्च अदालतको ल्याण्डमार्क फैसला हो । अदालतको निर्णयले संविधानको रक्षा गरेको छ । यो निर्णयको सबैको स्वागत गर्नुपर्छ,’ राजदूतले रेले भने, ‘निश्चय नै पछिल्लो निर्वाचनमा नेपाली जनताको चाहना केपी ओली नै थिए र उनको दलले झण्डै दुई तिहाई मत प्राप्त गरेका थिए । तर दुर्भाग्यवश उनले आफ्नै दलका अन्य नेताहरुलाई व्यवस्थापन गर्न सकेनन् ।’निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोगेको समस्या उनको आफ्नै व्यवहारबाट आएको समेत रेले बताएका छन् । सर्वोच्च अदालतले प्रत्यक्ष रुपमा नयाँ प्रधानमन्त्री नियुक्त गर्ने आदेश पहिलोपटक दिएको भन्दै रेले अन्तर्वार्तामा भनेका छन्, ‘यो पनि सर्वोच्च अदालतले पहिलोपटक भनेको छ कि राष्ट्रपतिले गर्ने निर्णय न्यायिक पुनरावलोकनको विषय बन्नसक्छ र निर्णय संविधान अनुसार भएन भने सर्वोच्च अदालतले त्यो निर्णयलाई करेक्सन गर्नसक्छ ।’ रेले देउवाको कार्यकालमा नेपाल र भारतको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरे । ‘देउवा हाम्रो लागि धेरै परिचित राजनीतिज्ञ हुन् । काठमाडौंमा सत्तामा आउने कुनै पनि राजनीतिक दलसँग हामीले मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu