काठमाडौ । नेपाली कांग्रेसका नेता प्रदीप गिरिले कोरोना महामारी र राजनीतिक अनिश्चयका बीचमा पार्टीको चौधौं महाधिवेशन गर्नुको कुनै अर्थ नभएको बताउनुभएको छ । गिरिले भने ‘हामीले पार्टीको विधान २ वर्ष त उल्लंघन गरिसक्यौं भने अव अहिले नै महाधिवेशन गर्नु पर्छ भन्नुको कुनै तुक छैन । उहाँले भन्नुभयो राजनीतिक अन्योलका कारण पनि अर्को एक वर्षसम्मका लागि महाधिवेशन स्थगित गर्नु पर्छ ।’
एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकमा प्रधान सम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै नेता गिरिले भन्नुभयो ‘कोरोना महामारीका बेला महाधिवेशन होइन, सबैलाई कोरोना विरुद्धको खोप लगाउन पहल गर्नुपर्छ । ‘
‘राजनीतिक अन्योलका कारण पनि महाधिवेशन हुने सम्भवाना छैन । अदालतको फैसला आएपछि तत्काल कांग्रेसको बैठक बसेर महाधिवेशनका बारे निर्णय गर्नुपर्छ ।
कानुनी छिद्र नै छेक्ने हो भने अर्को कुनै नाटक गरे हुन्छ’ गिरिले थप स्पष्ट पार्नुभयो । नेपाली कांग्रेस यतिबेला विवारविहीन र गतिहीन रुपमा चलेकाले देश झन बर्वादीतिर गएको भन्दै नेता गिरिले भने ‘कांग्रेसभित्रका युवा पस्ताले हिम्मतका साथ ठूला कुरा होइन कि कम्तीमा पनि पार्टीको विधान अनुसारका कर्मकाण्ड पूरा गर्छौ भन्नु पर्ने बेला आएको छ ।
प्रतिक्रिया दिनुहोस्