ABC NEWS NEPAL | No.1 News channel of Nepal
५ श्रावण २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तुलसीको प्रयोगले यी ६ रोगबाट मुक्ती पाउनुस


एबीसी / संवाददाता
५ श्रावण २०७८, मंगलबार   २ : ०१   बजे

 

काठमान्डौ साउन ५
घरको शोभा बढाउने बिरुवा मात्र हैन अपार औषधीय गुणयुक्त वनस्पति हो तुलसी । हिन्दू धर्मावलम्बीले तुलसीलाई भगवनको रूपमा पूजा गर्छन् । आजको दुनियाँमा जति तीव्र गतिमा रोगहरू बढिरहेका छन्, त्यसले मानिसलाई एलोपेथी उपचारतर्फ उन्मुख गराउनु स्वाभाविक नै हो । तर, तुलसी यस्तो औषधि हो, जसले गम्भीर रोगहरूबाट पनि छुटकारा दिलाउने क्षमता राख्दछ । मुटुरोग होस् या चिसोको समस्या विशेषगरी नेपाल तथा भारतमा सदियौँदेखि तुलसीको प्रयोग हुँदै आएको छ ।

आयुर्वेदले कैयौँ रोगको उपचारमा तुलसीलाई प्रमुख औषधिका रूपमा प्रयोग गर्दै आएको छ, जुन प्रयोग अत्यधिक सफल पनि छ । अत्यधिक अक्सिजन उपलब्ध गराउने तुलसीको उपयोगिता गनिसाध्यै छैन । सबैखाले यौनदुर्बलताको उपचारदेखि लिएर क्यान्सरबाट छुटकारा पाउनसमेत तुलसी अत्यन्त लाभदायक भएको प्रयोगद्वारा सिद्ध भइसकेको छ । यही अपार लाभकै कारण , तुलसीलाई मानिसले भगवानको दर्जा दिएर पूजासमेत गर्ने गरेका छन् । तुलसीका अनगिन्ती औषधीय गुणमध्ये यहाँ केही रोगबारे बताइनेछ, जसमा तुलसी वरदान नै साबित हुन सक्छ ।

१। श्वासको दुर्गन्ध
अनियमित र दूषित खानपानका कारण आजकल मानिसमा श्वासको दुर्गन्धको रोग आम बनिसकेको छ । यसबाट छुटकारा पाउनका लागि कतिपय मानिस हजारौँ रूपैयाँ खर्च गर्छन्, तर कुनै फाइदा पुगिरहेको हुँदैन । यस्तोमा यदि तुलसीको प्रयोग गरिएमा अत्यन्त फाइदा मिल्न सक्छ । तुलसीका सुकेका पत्तालाई तोरीको तेलमा मिलाएर दाँत सफा गर्नाले श्वासको दुर्गन्ध हटेर जान्छ । यसका अलावा तुलसीका पत्ताहरू चपाउनाले पनि श्वासको दुर्गन्ध तथा पायरियाजस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ ।

२। घाँटीको दुखाइ
सामान्यतया घाँटीको दुखाइ जाडोयाममा चिसोका कारण हुने गर्छ । तर, कतिपय मानिसमा यो समस्या गर्मीयाममा पनि हुने गर्छ । यदि तपाईं पनि यसकिसिमको रोगबाट पीडित हुनुहुन्छ भने तुलसीका पत्तालाई पानीमा उमालेर पिउनुहोस् । यसले तपाईंको गलाको दुखाइ हटाउँछ । बच्चाहरूमा गलाको दुखाइको समस्या गर्मीयाममा पनि हुने गर्छ । यस्तो अवस्थामा बच्चालाई तुलसीको पत्ता पानीमा उमालेर पिलाउनाले निकै आराम मिल्छ ।

३। श्वाससम्बन्धी अन्य समस्या
श्वासको दुर्गन्धबाहेक श्वाससम्बन्धी अन्य समस्याको उपचारमा पनि तुलसी ज्यादै उपयोगी साबित हुँदै आएको छ । बेसार, अदुवा र तुलसी मिलाएर उमालिएको पानीको सेवनले ब्रोकाइटिस, दम, कफ र चिसो लागेकोमा निकै राहत मिल्छ । नुन, ल्वाङ र तुलसीका पत्ता मिलाएर कडा रूपमा उमालिएको पानीको सेवनले इन्फ्लुएन्जा ९एककिसिमको ज्वरो०मा तत्काल राहत दिन्छ ।

४। मुटुरोग
तुलसीले रगतमा भएको कोलेस्टेरोलको स्तरलाई घटाउँछ । त्यसैले तुलसीको सेवन मुटुरोगीका लागि ज्यादै उपयोगी साबित हुन्छ । यद्यपि, मुटुरोगीले मात्र नभएर मुटुसम्बन्धी कुनै पनि रोग नहुनेका लागि पनि तुलसीको नियमित सेवन लाभदायक हुन्छ ।

५। तनाव
तुलसीको पत्तामा तनावनिरोधक गुण पाइन्छ । तुलसीले सेवनकर्तालाई तनावबाट मुक्ति दिलाउने कुरा अध्ययनबाट सिद्ध भएको छ । आफूबाट तनावलाई टाढा राख्न चाहने व्यक्तिले दैनिक तुलसीका १२ वटासम्म पत्ता दुईपटक सेवन गर्न सक्छन् । तुलसीको नियमित सेवनले मानसिक रोगबाट पनि बच्न सकिन्छ । पछिल्लो समय धरैजसो मानिस कुनै न कुनै खालका मानसिक रोगबाट पीडित भइरहेको अवस्थामा तुलसीको नियमित सेवन ज्यादै लाभदायक हुन सक्छ ।

६। संक्रमण तथा छालारोग
संक्रामक रोगका लागि तुलसीको प्रयोग ज्यादै फाइदाजनक हुन्छ । दैनिक तुलसीका केही पत्ता चपाउनाले संक्रमण निर्मूल हुने विश्वास लिइन्छ । तुलसी छालारोगका लागि पनि निकै लाभदायक छ । दाद, चिलाउनेलगायत छालासम्बन्धी अन्य समस्यामा तुलसीको रस प्रभावित भागमा लगाउनाले केही दिनमै रोग निको हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्ड : एमालेसँग सहकार्य अघि बढ्यो, नयाँ राजनीतिक समीकरणको सम्भावना बलियो

चोभारमा गुडिरहेको कारमा भीषण आगलागी, चालकको जलेर मृत्यु

सम्बन्धित

विद्यालयले शिक्षा कर उठाएको भए फिर्ता गर्ने

स्वास्थ्य, शिक्षामा लगाइएको ३ प्रतिशत करबाट पछि हट्यो सरकार

घरमा ठोक्कियो ‍मिनि ट्रक: एक जनाको मृत्यु, अर्का घाइते

बौद्धमा खाजाघर सञ्चालिकाले गरिन् आत्मदाह प्रयास, ५० प्रतिशत जलन

रोगमा मात्रै होइन, शवमा पनि कर : निजी अस्पतालका सबै सेवामा ३% शुल्क

सूर्यविनायक–धुलिखेल सडक विस्तार : विकाससँगै यात्रुको सास्ती पनि बढ्दो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu